कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सिमलताल दुर्घटना : आज सशस्त्र प्रहरी बलले मात्र खोजी कार्य गर्दै

रमेशकुमार पौडेल

चितवन — चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भारतीय टोलीले आज सोनार क्यामेराले जुटाएका संकेतहरू विश्लेषण गर्ने जानकारी दिए । 'फिल्डमा आज भारतीयहरू जाँदैनन् । फिल्डको काम आज एपीएफले जारी राखेको छ,' प्रमुख जिल्ला अधिकारी यादवले भने ।

सिमलताल दुर्घटना : आज सशस्त्र प्रहरी बलले मात्र खोजी कार्य गर्दै

गएको असार २८ गते बिहानपख साढे ३ बजेतिर दुईवटा यात्रु बस पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका हुन् । दुई बसमा गरेर ६५ जना यात्रु रहेको विवरण चितवन जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको छ । जसमध्ये ३ जना यात्रु मात्र सकुशल छन् ।

खोजी र उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरी तत्कालै परिचालन भएको थियो । तर बस पत्ता लाउन सकेन । त्रिशूलीभन्दा धेरै तल नारायणी नदी र त्रिवेणी बाँधआसपासको १०३ किलोमिटर टाढाबाट २५ शव फेला परेका छन् । जसमध्ये १९ शव माात्रै दुर्घटनामा परेका बसका यात्रुहरू रहेको पुष्टि आफन्तहरूले गरेर सद्गत् गरे ।

नेपाल सरकारको आग्रहमा भारतको रााष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ)का १२ जना प्राविधिक खोजीका लागि आएका हुन् । उनीहरूलाई एक हप्तासम्म खोजी गर्न भनिएको छ । गोताखोर र सोनारसहित आएको भाारतीय टोलीले पनि बस भेटाउन सकेको छैन ।

सिमलताल दुर्घटनाको अध्ययन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव छविलाल रिजालको संयोजकत्वमा कार्यदल बनाएको छ । सो कार्यदल चितवन आएर फर्किइसकेको छ आइतबारभित्र प्रतिवेदन सरकारलाई बुझाउने तयारी हुँदैछ ।

प्रकाशित : श्रावण १०, २०८१ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×