कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

काठमाडौं नाइट्स विजेता

भाद्र २३, २०८१
काठमाडौं नाइट्स विजेता

काठमाडौँ — अग्रवाल युवा मञ्चद्वारा आयोजित खेल महोत्सवअन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स र फुटसलमा गोल डिगर्स च्याम्पियन बनेका छन् ।

धन्यन्तरी स्पोर्ट्स हबमा भएको क्रिकेटमा र्स्पाटन्स दोस्रो भयो । ११ विकेट लिनुका साथै १ सय ७१ रन बनाएका र्स्पाटन्सका अमन जैन प्लेयर अफ द टुर्नामेन्ट र उत्कृष्ट बलर भए । राइडर्सका १ सय ५८ रन जोडेका आशुतोष घिरैया उत्कृष्ट ब्याटर चुनिए ।

फुटसलमा बुल्स एफसी दोस्रो भयो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भीमसरिया उत्कृष्ट गोलरक्षक र ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक स्कोरकर्ता बने ।

पौडीको यू–१५ ब्वाइजमा कौतिक शर्मा र गर्ल्समा आहाना गोयल तथा यू–१० ब्वाइजमा लक्ष्य शर्मा र गर्ल्समा खायान्ना गडियाले स्वर्ण पदक जितेका थिए ।

ब्याडमिन्टनको महिला सिंगल्समा शिभाङ्गी र पुरुष सिंगल्समा राजीव पोदार विजेता भए । पुरुष डबल्समा विवेक अग्रवाल र रोहित अग्रवालको जोडी पहिलो भयो ।

टेबलटेनिसको यू–१५ ब्वाइज सिंगल्समा वैभव जैन, १५ वर्षमाथि ब्वाइज सिंगल्समा पुल्कित भीमसरिया र महिला सिंगल्समा विनिता जाजोडिया सर्राफले पहिलो स्थान हात पारे ।

प्रकाशित : भाद्र २३, २०८१ ०५:४१
×