कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

बार्सिलोनाको शतप्रतिशत नतिजा

भाद्र ३०, २०८१
बार्सिलोनाको शतप्रतिशत नतिजा

म्याड्रिड — बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार आफ्नो शतप्रतिशत नतिजाको प्रदर्शनलाई कायम राख्दै जिरोनालाई ४–१ ले हराएको छ । बार्सिलोनाको यो लगातार पाँचौं जित हो र यससँगै टिम १५ अंकमा लिग तालिकाको शीर्ष स्थानमा स्थानमा रह्यो । रियल म्याड्रिड भने ११ अंकमा दोस्रो स्थानमा छ ।

भिलारियलको पनि समान ११ अंक नै छ र गोल अन्तरले तेस्रोमा छ । जिरोनाको घरमा प्राप्त प्रभावशाली जितमा बार्सिलोनाका लागि युवा स्टार खेलाडी लामिन यामलले पहिलो हाफमै दुई गोल गरे । उनले ३० र ३७ औं मिनेटमा गोल गरे । त्यसपछि ड्यानी ओल्मोले ४७ र पेड्रिले ६४ औं मिनेटमा थप गोल गरे ।

जिरोनाको एक गोल क्रिस्टियन स्टुनीको नाममा रह्यो । खेलको अन्त्यमा बार्सिलोना दस खेलाडीमा सीमित भएको थियो । फेरान टोरेसलाई रातो कार्ड देखाइएको थियो र यसक्रमा उनी ८६ औं मिनेटमा मैदान छाड्न बाध्य रहे । अघिल्लो सिजन राम्रो खेलेको जिरोना सात अंकमा सातौं स्थानमा छ ।

यसअघि दोस्रो हाफमा सम्भव दुई गोलको मदतले रियल म्याड्रिडले शनिबार रातिको खेलमा रियल सोसिडाडमाथि सजिलो २–० को सजिलो जित निकालेको थियो । रियल एरिनामा भएको खेलमा भिनिसियस जुनियर र केयलिन एमबापेले गोल गरे । रियलका लागि पछिल्ला दुई खेलमा एमबापेको यो तेस्रो गोल हो ।

प्रकाशित : भाद्र ३०, २०८१ २२:४४
x
×