आरयना सबलेन्काले अस्ट्रेलियन ओपन उपाधिका लागि एलेना रेबकिनाको सामना गर्ने भएकी छन् । उनले बिहीबार रड लेभर एरेनामा भएको सेमिफाइनलमा गैर वरीयता प्राप्त माग्डा लिनेटेलाई ७–६ (७/१) र ६–२ ले हराइन् । पाँचौं वरीयता प्राप्त सबलेन्काले अब आफ्नो खेल जीवनको पहिलो ग्रान्ड स्लाम फाइनल खेल्ने छिन् ।
भिक्टोरिया अजारेन्काले मंगलबार तेस्रो वरीयताकी जेसिका पेगुलालाई ६–४, ६–१ ले पराजित गर्दै अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनल यात्रा तय गरेकी छन् । सन् २०१३ मा अजारेन्काले अस्ट्रेलियन ओपन जितेकी थिइन् । त्यसयता उनी सेमिफाइनल पुगेको यो पहिलोपल्ट हो ।
कडा सट प्रहार गर्न माहिर अर्यना साबालेन्का अस्ट्रेलियन ओपन टेनिसको उपाधि जित्ने अभियानमा अन्तिम १६ तर्फ प्रवेश गरेकी छन् । शीर्ष वरीयताका अरू महिला खेलाडीहरू पनि अगाडि बढेका छन् ।
नोभाक जोकोभिच बिहीबार अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन् । १ सय ९१ औं वरीयताका इन्जो कोउकाडलाई ६–१, ६–७, ६–२ र ६–० ले पराजित गर्दै उनी तेस्रो चरणमा प्रवेश गरेका हुन् ।
मार्कुस रसफोर्डको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले पछाडि परेको स्थिति उल्टाउँदै प्रिमियर लिगमा शनिबार सनसनीपूर्ण खेलमा म्यानचेस्टर सिटीलाई २–१ ले पराजित गरेको छ ।
बार्सिलोनाले रियल बेटिसलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै बिहीबार स्पेनी सुपरकपको फाइनल यात्रा तय गरेको छ । निर्धारित र अतिरिक्त समयको समयको खेल २–२ को बराबरीमा थियो ।