पूरा खेल अवधिमा भोजिन्हाले शृंखलाबद्ध रूपमा स्पेनी आक्रमण निस्तेज पारे । उनले मिखेल आयारजाबलको हेडर होस् वा फेरान टोरेसको कम उचाइको प्रहार अनि आयमेरिक लापोर्टेको हेडर सबै रोके ।
मेक्सिकोको गुएडालुपमा आइतबार भएको खेललगत्तै उनलाई हटाइएको बताए पनि सोमबार उनी प्रशिक्षणमा सहभागी थिए । तर, ट्युनिसिया फुटबल संघले आपसी सहमतिमा ५४ वर्षे फ्रान्सेली प्रशिक्षक लामोचीसँगको सम्झौता रद्द गरिएको जनाएको छ ।
पहिलो हाफ निकै निराशाजनक रहेको थियो । दुवै टोलीले खासै गतिलो आक्रामण बुन्न सकेका थिएनन् । तर दोस्रो हाफको अन्तिममा गोलको वर्षा भएको थियो ।
ट्युनिसियाले नै १९९८ को विश्वकपमा दुई खेलपछि हेनरिक कास्पेर्कजाकलाई र दक्षिण कोरियाले चा बुम कुनलाई बर्खास्त गरेको थियो ।
उनको इन्स्ट्राग्राममा पछ्याउनेहरू ५० हजारमुनिबाट ८३ लाख पुगिसकेको छ । २० घन्टासम्म ७५ लाख कटिसकेको थियो ।
विश्वकप जितेर बिदा लिने अवसर हुँदाहुँदै मेसीले आफ्नो फुटबल यात्रा जारी राख्दै अहिले नयाँ कीर्तिमानको संघारमा रहेका छन्।
भेट्रान स्ट्राइकर रोमेलु लुकाकुलाई ६६ औं मिनेटमा मैदानमा उतारेपछि बेल्जियम फरक देखिएको थियो । उनी नै बेल्जियमलाई १-१ गोलको बराबरीमा ल्याउनुको कारक बने ।
विश्वको तेस्रो सानो राष्ट्रले युरोपियन च्याम्पियन स्पेनलाई कुनै गोल गर्न नदिई बराबरीमा रोकेको हो । यसलाई विश्वकप इतिहासकै अप्रत्याशित नतिजाका रूपमा हेरिएको छ ।
अमेरिकाको डालासस्थित एटीएनटी रंगशालामा सोमबार भएको समूह ‘एफ’ को यी दुईबीचको खेल २–२ को बराबरीमा टुंगिएको हो ।
चार पटकको विजेता जर्मनीले आइतबार अमेरिकाको ह्युस्टनमा पहिलो पटक विश्वकप खेलिरहेको कुराकाओलाई ७–१ गोलले पराजित गर्यो ।