नवप्रवेशी कुराकाओविरुद्ध जर्मनीको ७ गोल

चार पटकको विजेता जर्मनीले आइतबार अमेरिकाको ह्युस्टनमा पहिलो पटक विश्वकप खेलिरहेको कुराकाओलाई ७–१ गोलले पराजित गर्‍यो ।

असार १, २०८३

एएफपी

Germany scores 7 goals against newcomers Curacao

ह्युस्टन — जर्मनीले विश्वकप २०२६ को यात्रा सानदार ढंगले गरेको छ । चार पटकको विजेता जर्मनीले आइतबार अमेरिकाको ह्युस्टनमा पहिलो पटक विश्वकप खेलिरहेको कुराकाओलाई ७–१ गोलले पराजित गर्‍यो । २०१४ को विश्वकप जित्दा जर्मनीले सेमिफाइनलमा ब्राजिललाई ७–१ गोल अन्तरमै पराजित गरेको थियो ।

जर्मनीबाट काई हाभार्ट्जले दुई गोल गरे भने अन्य पाँच फरक खेलाडीले गोल गरे । न्युजिल्यान्ड १९८२ को विश्वकपमा ५–२ ले पराजित भएयता कुराकाओ विश्वकपको आफ्नो पहिलो खेलमा ५ गोल खर्चने पहिलो टोली बनेको छ । 

Germany scores 7 goals against newcomers Curacao

यससँगै जर्मनी विश्वकपमा सर्वाधिक गोल गर्ने टोली पनि बनेको छ । कुराकाओविरुद्ध ७ गोल गर्दै जर्मनीले अहिलेसम्म विश्वकपम २ सय ३९ गोल पुर्‍याएको छ । ब्राजिलको २ सय ३८ गोल रहेको छ । 

फेलिक्स एनमेचाले छैटौं मिनेटमै जर्मनीको खाता खोलेका थिए । तर विश्व फुटबललाई आश्चार्यमा पार्दै पहिलो पटक विश्वकप खेलिरहेको कुराकाओले २२ औं मिनेटमा कोमेन्सिआको गोलमा खेल बराबरीमा ल्याएको थियो । 

Germany scores 7 goals against newcomers Curacao

निको स्कोलटरबेकले ३८ औं मिनेटमा कर्नरबाट प्राप्त बलमा हेड गोल गरेका थिए भने हाभार्ट्जले इन्जुरी टाइमको तेस्रो मिनेटमा पेनाल्टीमा गोल गरी जर्मनीलाई ३–१ अग्रतामा राखे । 

Germany scores 7 goals against newcomers Curacao

मध्यान्तर लगत्तै जमाल मुसियाला, नथानियल ब्राउनले जर्मनीबाट गोल गरे । वैकल्पिक डेनिज उन्डावले ७८ औं मिनेटमा जर्मनीका लागि छैटौं गोल गरे । हाभार्ट्जले जर्मनीबाट सातौं गोल गरेका छन् ।

एएफपी

Link copied successfully