बेल्जियम र इजिप्टको बराबरी

भेट्रान स्ट्राइकर रोमेलु लुकाकुलाई ६६ औं मिनेटमा मैदानमा उतारेपछि बेल्जियम फरक देखिएको थियो । उनी नै बेल्जियमलाई १-१ गोलको बराबरीमा ल्याउनुको कारक बने ।

असार २, २०८३

एएफपी

Belgium and Egypt draw

सियाटल — बेल्जियम र इजिप्टबीच अमेरिकाको सियाटलमा सोमबार भएको खेल १–१ को बराबरीमा टुंगिएको छ । समूह ‘जी’ को यस खेललाई सबै ठूलो प्रतिस्पर्धाको रुपमा हेरिएको थियो । यस समूहको अन्य दुई टोलीमा इरान र न्युजिल्यान्ड रहेका छन् ।

इजिप्टले सियाटलमा १९ औं मिनेटमा गोलको खाता खोलेका थियो । कप्तान मोहम्मद सलाहको पासमा इमाम अशोरले पेनाल्टी बक्सबाट सशक्त प्रहार गर्दै इजिप्टबाट गोल गरेका थिए । अशोरले राष्ट्रिय टोलीबाट पहिलो गोल गरेका हुन् ।

पहिलो हाफको इन्जुरी टाइममा जेरेमी डोकुले बेल्जियमलाई बराबरीमा ल्याउने मौका गुमाएका थिए । दोस्रो हाफमा कप्तान केभिन डी ब्रुएनाले पनि बराबरीमा ल्याउने राम्रो मौका गुमाउन पुगे । 

भेट्रान स्ट्राइकर रोमेलु लुकाकुलाई ६६ औं मिनेटमा मैदानमा उतारेपछि बेल्जियम फरक देखिएको थियो । उनी नै बेल्जियमलाई बराबरीमा ल्याउनुको कारक बने । इजिप्टका मोहम्मद हानीले लुकाकुलाई रोक्ने क्रममा आफ्नै पोस्टमा गोल गरेपछि खेल १–१ को बराबरीमा आएको थियो, त्यसको केही सेकेन्ड अगाडीमात्र लुकाकु मैदान प्रवेश गरेका थिए । 

इजिप्टले विश्वकपको इतिहासमा अझै कुनै खेल जित्न सकेको छैन ।

एएफपी

Link copied successfully