एक खेलमै ट्युनिसिया प्रशिक्षक बर्खास्त

मेक्सिकोको गुएडालुपमा आइतबार भएको खेललगत्तै उनलाई हटाइएको बताए पनि सोमबार उनी प्रशिक्षणमा सहभागी थिए । तर, ट्युनिसिया फुटबल संघले आपसी सहमतिमा ५४ वर्षे फ्रान्सेली प्रशिक्षक लामोचीसँगको सम्झौता रद्द गरिएको जनाएको छ ।

असार ३, २०८३

एएफपी

Tunisia coach fired after one game

What you should know

लस एन्जलस — ट्युनिसियाले विश्वकपमा आफ्नो पहिलो खेलमा स्विडेनसँग ५–१ को पराजय भोगेपछि प्रमुख प्रशिक्षक साब्री लामोचीलाई बर्खास्त गरेको छ । 

मेक्सिकोको गुएडालुपमा आइतबार भएको खेललगत्तै उनलाई हटाइएको बताए पनि सोमबार उनी प्रशिक्षणमा सहभागी थिए । तर, ट्युनिसिया फुटबल संघले आपसी सहमतिमा ५४ वर्षे फ्रान्सेली प्रशिक्षक लामोचीसँगको सम्झौता रद्द गरिएको जनाएको छ । उनको स्थानमा फ्रान्सका अर्का प्रशिक्षक हेर्भे रेनार्डलाई प्रमुख प्रशिक्षक बनाइएको छ । रेनार्डको प्रशिक्षणमा साउदी अरेबियाले २०२२ को विश्वकपको पहिलो खेलमा अर्जेन्टिनालाई पराजित गरी सनसनी नतिजा निकालेको थियो । 

लामोची विश्वकप इतिहासमा एक खेलपछि नै बर्खास्त हुने पहिलो प्रशिक्षक भएका छन् । ट्युनिसियाले नै १९९८ को विश्वकप यात्रामा दुई खेलपछि व्यवस्थापक हेनरिक कास्पेर्कजाकलाई खराब सुरुआतका कारण बर्खास्त गरेको थियो । सोही प्रतियोगितामा दक्षिण कोरियाले चा बुम कुनलाई पहिलो दुई खेलमा पराजय भोगेपछि बर्खास्त गरेको थियो । 

सन् २०१८ मा स्पेनले जुलेन लापेटेगुईलाई विश्वकप सुरु हुनु दुई दिनअघि बर्खास्त गरेको थियो । राष्ट्रिय टोलीमा केन्द्रित हुनुपर्ने तर त्यही दौरान रियल म्याड्रिडको व्यवस्थापक बन्न सहमति जनाएपछि स्पेन नयाँ प्रशिक्षकतिर लागेको थियो । तर ट्युनिसियाले प्रशिक्षक हटाएको यो पहिलो अवसर हो, जहाँ विश्वकपमा आफ्नो टोली ओरालेको एक खेलपछि प्रशिक्षक बर्खास्तगी भएको थियो । 

लामोची ५ महिना अघिमात्र ट्युनिसियाको प्रशिक्षक बनेका थिए । अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ को खेलमा मालीसँग पराजित भएपछि ट्युनिसियाले सामी ट्राबेल्सीलाई हटाएर जनवरीमा लामोचीलाई जिम्मेवारी दिएको थियो । स्विडेनसँगको हारपछि बोल्दै लामोचीले हार ‘दुःखदायी’ भएको जनाएका थिए । ‘प्रतियोगिताको सुरुआत यस्तो खाले खराब नतिजाबाट गर्दा कठिन भइहाल्छ,’ लामोचीले भनेका थिए, ‘हामीले धेरै गल्ती गरेका थियौं, जुन हामीले यसअघि गर्दैनथ्यो । हामीले आफ्नै खुट्टामा प्रहार गरिरहेका थियौं, आफैलाई दुखित बनाएका थियौं ।’

एएफपी

Link copied successfully