फोटोफिचर

मिस नेपालको अन्तिम प्रतिस्पर्धाका तस्बिरहरु

‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीस्थितमा आयोजित अन्तिम प्रतिस्पर्धामा २३ वर्षीया प्रधानलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियङ्कारानी जोशीले ताज लगाइदिइन् । प्रतियोगितामा २४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।प्रधानले ‘फेस अफ द इयर’ र ‘मिस डीएचआई’ सहविधामा आफूलाई अब्बल सावित गरिन् । मिस नेपाल विजेता प्रधान काठमाडौँकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत विद्यार्थी हुन् ।

नदी बचाउन वीरगन्जदेखि काठमाडौंसम्म

सिर्सिया नदीको संरक्षणका लागि संघीय सरकारलाई दबाब दिन काँधमा नदीको दूषित पानी बोकेर पैदल यात्रामा निस्किएका अभियन्ताहरू काठमाडौं आइपुगेका छन् । हेटौंडा, नारायणगढ, मुग्लिङ हुँदै शनिबार साँझ थानकोट आइपुगेका उनीहरू यस रात मातातीर्थमा बास बस्नेछन् ।

जेष्ठ १२, २०८०

कालीगण्डकीको किनारैकिनार...

हिमाल अनि हिमाली परिवेश आफैमा सुन्दर हुन्छन् । सेता दन्तलहरीजस्ता टल्किएका हिमालले सबैलाई मनमोहक बनाउँछ । अझ प्राकृतिक सुन्दरतासँगै हिन्दुधर्मको पवित्रधाम मुक्तिनाथ दर्शनको मौका मिलेपछि यसै सुनमा सुगन्ध । गण्डकी प्रदेश पूर्वी नवलपरासीको त्रिवेणीदेखि मुस्ताङको कोरलासम्म फैलिएको छ ।

जेष्ठ ११, २०८०

कीर्तिमानी आरोही कामीरितालाई काठमाडौंमा स्वागत

२८ औं पटक सगरमाथाको सफल आरोहण गरेका सोलुखुम्बुका कीर्तिमानी आरोही कामीरिता शेर्पालाई बिहीबार काठमाडौंमा स्वागत गरिएको छ । गत मंगलबार बिहान २८ औं पटक सगरमाथाको सफल आरोहण गरेसँगै उनले विश्वकै अग्लो हिमाल सगरमाथामा सबैभन्दा धेरैपटक पुग्ने कीर्तिमान कायम गरेका छन् ।

मनाइयो रातो मत्स्येन्द्रनाथको भोटो जात्रा

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो बिहीबार देखाइएको छ । मत्स्येन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका हुन् । अवसरमा राष्ट्रपति पौडेलले रातो मत्स्येन्द्रनाको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे । उनले जीवित देवी कुमारीको दर्शन पनि गरे ।

स्वप्निल गन्तव्य

अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) हिमालको सबैभन्दा नजिकको बस्ती हो, म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ । नारच्याङ गाउँको सिरानमा रहेका अन्नपूर्ण, वराहशिखर, तिलिचो पिक र नीलगिरि साउथ हिमालबाट मिस्त्रीखोला बग्दै आएको छ । यहीखोलाको किनारा पछ्याउँदै पुस्तौंपुस्ता नारच्याङवासीले भेडागोठ हिमालमुनिसम्म गोठ पुर्‍याए/फर्के । उनीहरूले कहिल्यै भेडा धपाउँदै उभौली–उधौली गरेको गोठालो मार्गको ऐतिहासिक महत्त्वबारे ज्ञान नै पाएनन् ।

सिथि नख: मा पानीका स्रोतको सफाइ

नेवार समुदायले आजका दिन टोल छिमेकमा रहेका पानीका स्रोतहरू सफा सुग्घर पारी सिथि नख: विशेष रुपमा मनाउँदै छन् । ढुंगेधारा, इनार, कुवा लगायत पानीका स्रोत तथा मुहान सरसफाइ गर्ने चाडको रुपमा सिथि नख: मनाउने गरिन्छ । आजकै दिन पानीका स्रोतहरूको पूजा समेत गरिन्छ । भक्तपुरको दत्तात्रयमा सिथि नख: का अवसरमा पानीका स्रोतहरू सफा गरिएको छ ।

जेष्ठ ९, २०८०

कीर्तिमानी आरोही हरि बुढामगरलाई सरकारी स्वागत

कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका रोल्पाका हरि बुढामगरलाई मंगलबार काठमाडौंमा भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थलमा उनलाई स्वागत गर्न पर्यटनमन्त्री सुदन किरातीसहितको सरकारी टोली र सर्वसाधारणले उनलाई खादा र मालाले अभिनन्दन गरी स्वागत गरेका हुन् । मन्त्री किरातीले उनलाई खादासँगै ढाकाटोपी पहिरिदिएका थिए ।

जेष्ठ ८, २०८०

आफ्नै लयमा तकगाउँ

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको वडा नम्बर १० मा पर्ने तक्सेराको तक बस्ती कुनै जीवित ऐतिहासिक संग्रहालय जस्तो लाग्छ । नामङै पहाडको फेदीमा ढुंगैढुंगाका परम्परागत शैलीका घर मात्रै तकको परिचय होइन । मगर खाम भाषी तकमा कृषि र पशुपालनमा आधारित जीवनशैली अझै पनि उस्तै छ ।

जेष्ठ ७, २०८०

जुम्लामा मार्सी धान रोपाइँ

जुम्लाको मौलिक मार्सी धान उत्पादन हुने पातारासीस्थित छुमचौर जिउलोमा रोपाइँ सुरु भएको छ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री भीमप्रकाश शर्माले मार्सी धानको बिउ खेतमा रोपेर छुमचौर जिउलोमा यस सिजनको मार्सीधान रोपाइँ सुरु गरेका हुन् ।