जेन-जी आन्दोलनका क्रममा यहाँका २७ भवनमध्ये २६ वटामा आगजनी र तोडफोड गरी क्षति पुर्याइएको थियो ।
असार ४, २०८३
रोपाइँमा ब्यस्त ललितपुर छम्पी र मकवानपुर चित्लाङका किसानहरू । असार महिना सुरु भएसँगै काठमाडौं उपत्यका र आसपासका जिल्लाहरूमा यस्ता दृश्य देखिने गर्छन् ।
असार ३, २०८३
पुल्चोकमा रथारोहण गरी सुरु भएको मत्स्येनद्रनाथको रथयात्रा ललितपुरको गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेल पुर्याएर भोटो देखाइन्छ ।
असार १, २०८३
लुम्बिनीस्थिल अखण्ड शान्ति दीपबाट सुरु भएको पदयात्रा दुई किमि उत्तरमा रहेको अन्तर्राष्ट्रिय ध्यान तथा सभा केन्द्रमा पुगेर टुंगिएको थियो ।
भूकम्पपछि पोखरीका चारैतिरका पेटी भासिएका थिए । उपभोक्ता समितिले खुला श्रमदानकाे आह्वान गरेपछि पुनर्निर्माणले तीव्रता पाएको छ ।
जेष्ठ ३०, २०८३
विश्वभर जुन महिनामा ‘प्राइड परेड’ भनेर गौरव यात्रा मनाउँछन् । विशेषतः सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दंगापछि गौरव यात्रा मनाउन थालेको हो ।
जेष्ठ २६, २०८३
वर्षातको मौसममा पनि स्वदेशीसँगै भारतीय पर्यटकको आगमनले पोखरा यतिबेला गुलजार छ ।
२०८३/८४ को बजेटले आफ्ना माग सम्बोधन नगरेको भन्दै उनीहरूको भनाइ छ ।
जेष्ठ ९, २०८३
तेहरा भीरमा रहेका ११ मध्ये ९ गोलाको मह सिकार गरिएको छ । उधौलीको बेला असोज–कात्तिक र उभौलीका बेला वैशाख–जेठमा भीर माहुरीको मह सिकार गर्ने परम्परा छ।
जेष्ठ ८, २०८३
विश्वको सर्वोच्च शिखर सगरमाथा ३२औं पटक सफलतापूर्वक आरोहण गरेर आफ्नै विश्व कीर्तिमानलाई थप विस्तार गरेका शेर्पालाई शुक्रबार काठमाडौंमा स्वागत गरिएको हो ।
जेष्ठ २, २०८३
जेठ औँसीका अवसरमा मनाइने बरसाइत (बटसावित्री) पर्व आज श्रद्धा र आस्थापूर्वक मनाइएको छ। पतिको दीर्घायु, सुख–समृद्धि र दाम्पत्य जीवनको मंगलकामना गर्दै महिलाहरूले वर–पीपलको पूजा गरेका हुन्।
वैशाख २७, २०८३
मैयुङको काखमा रहेको प्रसिद्ध हाँसपोखरीको लोभलाग्दो दृष्यले रोमाञ्चक बनाउँछ । चारैतिर फुलेका राताम्मे लालीगुराँसबीच शान्त रूपमा फैलिएको पोखरीले आनन्द दिलाउँछ ।
वैशाख २६, २०८३
किनारमा ढपक्क ज्याकारान्डा फुलेको कमलपोखरीमा बिदाको दिन घुम्ने र तस्बिर–भिडियो बनाउनेहरूको भीड बढेको हो ।
झन्डै १५० रोपनी क्षेत्रफलमा फैलिएको थुम्को परेको तिल्केचौर बस्तीको अधिकांश जमिनमा धाँजा फाटिसकेको छ । १७ घरपरिवार रहेको बस्तीमा १२ घर चर्किएका छन् भने ६ परिवार बसाइँ सरेका छन् ।
वैशाख २३, २०८३
वसन्त याममा फुल्ने ज्याकारान्डाले काठमाडौं उपत्यकाका सडक, फुटपाथ र पार्कहरू बैजनीमय बनाएका छन् ।
वैशाख २०, २०८३
हाल भत्काइएका संरचनाबाट कबाडमा बेच्न सकिने फलाम, इँटा तथा अन्य काम लाग्ने सामान संकलन भइरहेको हो ।
वैशाख १८, २०८३
बुद्ध जयन्तीका अवसरमा शुक्रबार काठमाडौंको स्वयम्भूस्थित बुद्ध पार्कमा दर्शन गर्नेको भीड लागेको थियो भने बौद्ध धर्मावलम्बीहरु शान्ति र्यालीमा सहभागी भएका थिए ।
२५७० औं बुद्ध जयन्तीका उपलक्ष्यमा लुम्बिनी विकास कोषद्वारा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद (डिपी) अर्याल र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री खडगराज पौडेललगायत लुम्बिनीस्थित विभिन्न विहारका भिक्षु, भिक्षुणी, उपासक, उपासिकाले मायादेवी मन्दिरमा पूजाआजा र ध्यान गरेका थिए ।
काठमाडौंका खोला किनारका अव्यवस्थित बस्ती हटाउने कामलाई जारी राख्दै सरकारले शुक्रबार बिहानै बल्खु र टेकु नजिक पर्ने वंशीघाट क्षेत्रमा डोजर चलाएको छ।
वैशाख १५, २०८३
दुई दिन लगाएर खोला किनारका सुकुमवासी बस्तीमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर यहाँका भौतिक संरचना भत्काइएको हो । बस्तीमा ७ सय ७७ घरटहरा थिए ।
वैशाख १३, २०८३
शनिबार बेलुका डोजर लगाउने क्रममा यहाँ स्थानीयले अवरोध गरेका थिए । आज बिहानैदेखि १९ सय प्रहरी खटिएका छन् ।
वैशाख १२, २०८३
सिनामंगलमा प्रहरी आफै खटिएर सामान लोड गर्न सघाइरहेको छ ।
थापाथलीबाट उठाइएका सुकुमवासीलाई प्रशासनले विवरण संकलनका लागि दशरथ रंगशालामा राख्ने तयारी गरेको छ ।
पूर्व सूचना अनुसार नै बस्ती खाली गराउन शनिबार बिहानैदेखि बस्तीमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। त्यसको केही घण्टापछि बस्तीमा डोजर चलाइयो।
थापाथली, गैरीगाउँ र मनोहरास्थित नदी–खोला किनारमा रहेका बस्ती हटाउन शनिबार बिहानैदेखि ती क्षेत्रमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएका छन्।
वैशाख ८, २०८३
वर्षा र सहकालका देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको देवतालाई गत शनिबार ३२ हात अग्लो रथमा बिराजमान गराइएको थियो ।
वैशाख ४, २०८३
आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
वैशाख ३, २०८३
जिरीमा पहिलाको जस्तो ‘री’ अर्थात् घना जंगल त्यत्ति छैन तर जे छ; ती जंगलमा स-साना चराको चिरिबिरी कायम छ ।
वैशाख २, २०८३
मध्यपुर थिमीको बालकुमारी मन्दिर प्राङ्गणबाट आज बिहान सुरु भएको जात्रामा स्थानीय जात्रालूहरु एकले अर्कालाई सिन्दुर दलेर जात्रा मनाएका थिए ।
वैशाख १, २०८३
नयाँ वर्ष मनाउन अभिभावकहरु बालबालिकासहित फनपार्क पुगेर विभिन्न किसिमका खेल र मनोरञ्जनात्मक गतिविधिहरुमा सरिक भएका छन् ।