समन्वय समितिको पदावधि सकिएलगत्तै जिल्ला समन्वय समिति (जिसस) जुम्लाका पूर्वउपप्रमुख कार्मा बुढा स्याउ खेतीमा लागेका छन् । उनले चन्दननाथ नगरपालिका–१ देउतीमाडीमा पहिलोपटक ५६० बिरुवा रोपेर फुजी स्याउको बगैंचा स्थापना गरेका हुन् ।
पर्यटक नआउँदा जुम्लाको होटल व्यवसाय संकटमा परेको छ । कोरोना महामारीअघि रारा आएका अधिकांश पर्यटक जुम्ला आउँथे । पर्यटक बढ्दै गएपछि व्यवसायीहरूले होटलहरूमा लगानीसमेत बढाए । तर अहिले अधिकांश होटलहरू रित्तै बनेका छन् ।
चन्दननाथ नगरपालिका–१० स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेदिकका सबैखाले औषधिको अभाव भएपछि बिरामी रित्तो हात फर्कन बाध्य छन् । केन्द्रमा दैनिक ३० देखि ५० जनासम्म बिरामी उपचारका लागि जाने गरे पनि औषधि पाइँदैन । स्वास्थ्य केन्द्रमा अनिवार्य रुपमा हुनुपर्ने २३ प्रकारका आयुर्वेदिक औषधीमा कुनै पनि छैनन् ।
कर्णाली राजमार्ग सञ्चालन भएपछि पहिलो पटक जुम्लामा नुनका गोदाम रित्तिएका छन् । कर्णाली राजमार्ग पुग्नुभन्दा अघि यहाँ नुनको विषयलाई लिएर राजनीतिक खिचातानी नै हुने गर्थ्यो ।
जुम्लामा जेठको पहिलो साताबाट रोपाइँ सुरु हुन्छ, जसका लागि खेतको आली बनाउने, सिँचाइ गर्नेदेखि माटो सम्याउने कामको सुरु अगाडि नै भइहाल्छ । तर यो वर्ष खेतबारीमा बगेर आएको फोहोरका कारण रोपाइँमा निकै समस्या भएको किसानले दुखेसो गरेका छन् ।
सिंजाका खड्कबहादुर कार्कीले दैनिक उपभोग्य वस्तु किन्न छाडेका छन् । ‘जेको पनि भाउ बढेको बढ्यै छ, हामी गरिबले कसरी किन्ने ?,’ उनले भने, ‘अब त खोले सिस्नो खाएरै बस्नुको विकल्प भएन ।’
कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले गत मंगलबार संसद्मा ‘विवाह गर्न २० वर्ष पुग्नुपर्ने कानुनी बन्देज हटाउन’ सभामुखको ध्यानाकर्षण गराए । मन्त्री कोइरालाको भनाइले कानुनले विवाह गर्न तोकेको उमेर ठीक छ/छैन भन्ने बहसमात्रै गराएन, विवाहको उमेर घटाउनुपर्ने तर्क गर्नेहरूलाई हौस्याइदियो ।
जुम्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिका फोहोर व्यवस्थापनमा जुटेको धेरै भयो । हरेक वर्षको नीति तथा कार्यक्रम र बजेटमा फोहोर व्यवस्थापन प्राथमिकतामा पर्छ ।
जिल्लाको चन्दननाथ नगरपालिका–८ को रोकायाबाडा गाउँ खरायो पालनका लागि प्रख्यात मानिन्छ । यहाँका किसानले खरायोको ऊनबाट टोपी बुन्छन् । उक्त टोपी रोकायाबाडाको पहिचान बनेको छ । धेरैले त यसलाई खरायोको गाउँका रुपमा चिन्छन् ।