कर्णालीका सडक अनुगमनका क्रममा गुठिचौर पुगेका पूर्वाधारमन्त्री लम्सालले भने- ‘बर्खामै आइयो एकदम ठिक भयो । सडक हेर्दै कर्णालीको सास्ती भोग्दै पुगियो । अब योजना तर्जुमा गर्न सहज हुनेछ।’
भुइँकाफल टिप्ने, देउडा खेल्ने र सामूहिक भोज गर्दै सिँजालीहरूले असारको अन्तिम दिन पुर्ख्यौली परम्परा झल्काउने सांस्कृतिक पर्व मनाएका छन् ।
गाउँपालिकाले २०७९ सालदेखि साउने सङ्क्रान्तिलाई औपचारिक रूपमा खस दिवसका रूपमा मनाउँदै आएको छ। खस दिवसका दिन पालिकाभर सार्वजनिक बिदा समेत दिँदै आएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।
जिल्लामा अधिकांश नागरिक अझै कृषिमै निर्भर छन् । स्याउ, मार्सी धान, आलु, सिमी, ओखर, तरकारी, फलफूल, पशुपालन, मौरीपालन र माछापालन यहाँका प्रमुख आयआर्जनका आधार हुन् ।
स्वाद र सुगन्धका हिसाबले उत्कृष्ट मानिने जुम्ली स्याउको उपभोक्ताको भरोसा र उच्च माग हुँदाहुँदै पनि अझैसम्म बलियो व्यावसायिक ब्रान्ड निर्माण गर्न सकेको छैन। आखिर स्वादले बजार जित्ने जुम्ली स्याउ ब्रान्डिङमा किन पछाडि पर्यो ?
जुम्लासहित कर्णालीका जिल्लामा भीर चढेर संकलन गरिने शिलाजित प्रशोधनपछि स्थानीयले लाखौं आम्दानी गर्न थालेका छन्, तर जोखिम र चुनौती यथावत् छन्।
असार लागेपछि गाईभैंसी र भेडाबाख्रा लिएर गोठाला यहाँ आइपुग्छन् । खुला आकाशमुनि फैलिएको विशाल उपत्यका र गोठमा पाकिरहेको दूध–दहीको सुगन्धले गुठीचौरलाई हिमाली संस्कृतिको जीवित संग्रहालय बनाइरहेको भान हुन्छ ।
समुद्री सतहदेखि २ हजार ८ सय ५० मिटरको उचाईमा निर्माण हुन लागेको यो ट्रेनिङ सेन्टर विश्वकै सातौं हाइअल्टिच्युड ट्रेनिङ सेन्टर हुने दाबी गरिएको छ ।
तरकारी खेतीदेखि सुरू भएको जुम्लाका परानबहादुरको कृषि यात्रा अहिले १४ हजार स्याउका बिरुवाको बगैंचासम्म फैलिएको छ । एक वर्षअघि ८० लाख लगानीमा ३२ हजार वर्गमिटर क्षेत्रमा स्याउ खेती गरिरहेका उनको बगैंचा जिल्लाकै ठूलो निजी स्याउ बगैंचामध्येमा पर्छ ।
विदेशमा वर्षौं श्रम गरेर फर्किएका गणेश बुढाले गाउँमा ट्राउट माछापालनमा चुनौती पार गर्दै परिवारसहित आर्थिक सफलता हासिल गरेका छन्।