जनकपुरमा मंगलबारदेखि दोस्रो अन्तर विद्यालय क्रिकेट रनिङ कप

मंसिर २४, २०८० १६:३०

जनकपुरमा विद्यालय तहका विद्यार्थीहरुको क्षमता विकासका लागि अन्तरविद्यालय क्रिकेट रनिङ कप-२०८० आयोजना हुने भएको छ ।

जसपाको सोमबार कार्यकारिणी समिति बैठक बस्ने

मंसिर २४, २०८० १६:२२

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । भोलि मंसिर २५ गते सोमबारलाई केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको हो ।

मोरङको भाउन्नेमा हात्तीको बिज्याइँ

मंसिर २४, २०८० १५:५४

रातभरी जंगली हात्तीको गोठालो गर्ने क्रममा बेलबारी-१० भाउन्नेका तेजबहादुर दाहाल एक सातादेखि अनिँदो छन् । तरपनि उनले आफ्नो १० कठ्ठा जमिनमा लगाएको मकै खेती जंगली हात्तीको विनासबाट जोगाउन सकेनन् ।

सर्वोच्चका प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ मंसिर २९ बाट

मंसिर २४, २०८० १५:२९

सर्वोच्च अदालतका प्रस्तावित ६ जना न्यायाधीशहरूको संसदीय सुनुवाइ आउँदो २९ गतेबाट हुने भएको छ । संसदीय सुनुवाइ समितिको आइतबारको बैठकले सुनुवाइको मिति तय गरेको हो ।

उपचारमा नयाँ आयाम : अमेरिकामा 'जीन एडिटिङ थेरापी'लाई औपचारिक अनुमोदन

मंसिर २४, २०८० १५:१५

गत शुक्रबार अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)ले इतिहासमै पहिलोपटक मानवमा गरिने 'जीन एडिटिङ थेरापी'लाई अनुमोदन गरेको छ । एफडीएले सिकल सेल नामक रगतको वंशाणुगत रोगको उपचारका लागि यसको स्वीकृति दिएको हो ।

बझाङमा करेन्ट लागेर एकको मृत्यु

मंसिर २४, २०८० १४:३९

खेतमा पानी लगाउन गएको बेला करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  केदारस्युँ गाउँपालिका –१ बिलीका २५ वर्षीय रामकुमार भण्डारीको करेन्ट लागेर मृत्यु भएको हो ।

नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै गौतम बुद्ध विमानस्थलमा धर्ना

मंसिर २४, २०८० १४:११

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै आइतबारदेखि विमानस्थलमा धर्ना सुरू भएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

मंसिर २४, २०८० १३:५१

मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरी उपचाररत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

दृष्टिविहीन क्रिकेट टोलीको बिदाइ

मंसिर २४, २०८० १३:४६

नेपालको महिला दृष्टिविहीन क्रिकेट टोली भारतसँग ट्वान्टी–२० क्रिकेट शृंखला खेल्न आइतबार मुम्बई जाँदै छ । नेपाल र भारतबीच डिसेम्बर ११ देखि १५ सम्म ५ खेल खेलिने छ । दैनिक १ खेल हुने नेपाल नेत्रहीन क्रिकेट संघले जनाएको छ । 

मौद्रिक नीतिको प्रभाव : नेप्से १११ अंकले बढयो, ४८ करोडको कारोबार

मंसिर २४, २०८० १३:२३

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति समीक्षामार्फत शेयर कर्जामा लाग्ने जोखिमभार १२५ बनाएसँगै शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १११.२० अंकले बढेको छ । यो सँगै नेप्से परिसूचक करिब साढे तीन महिनायताकै उच्च बिन्दुमा आइपुगेको छ।

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ फेरि स्थगित

मंसिर २४, २०८० १३:०४

क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कारको आरोपसम्बन्धी मुद्दाको सुनुवाइ फेरि स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबारका लागि तोकिएको पेशी स्थगित भएको छ ।

पछिल्लो ५ दिनमै साढे २९ किलो अवैध सुन बरामद

मंसिर २४, २०८० १२:५२

पछिल्लो ५ दिनमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट साढे २९ किलो सुन बरामद भएको छ । विमानस्थल भन्सार कार्यालय र विमानस्थल प्रहरीले एक दिनको अन्तरमा साढे २१ किलो सुन बरामद गरेका छन् । साथै, प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले न्युरोड र नागढुंगा नाकाबाट ९ किलो सुन नियन्त्रणमा लिएको छ ।

सर्वोच्चका प्रस्तावित न्यायाधीश ढुंगानाविरुद्धका उजुरीकर्तासँग छलफल

मंसिर २४, २०८० १२:४५

सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश टेकप्रसाद ढुंगानाविरुद्ध उजुरी गर्ने उजुरीकर्तासँग संसदीय सुनुवाई समितिले आइतबार छलफल गरेको छ । हाल उच्च अदालतका न्यायाधीश समेत रहेका ढुंगानामाथि एक उपसचिवले समितिमा उजुरी हालेका छन् ।

लोसपाको केन्द्रीय बैठकमा महतो नजाने

मंसिर २४, २०८० १२:३२

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने भएको छ । बतिसपुतलीस्थित  अनुपमा फुडल्याण्डमा दिउँसो १ बजे  बस्ने भनिएको बैठक आगामी राष्ट्रिय सभा निर्वाचन र संगठन विस्तार लगायतका एजेण्डामा केन्द्रित हुनेछ ।

रौतहटमा धानको खलियानमा आगजनी

मंसिर २४, २०८० १२:२५

रौतहटको फतुवा विजयपुर नगरपालिका–२ स्थित सितलपुर गाउँका एक किसानले भित्र्याउन राखेको धानमा अज्ञात समूहले शनिबार राती आगजनी गरेको छ ।

कानुनी जटिलताले समयमै निर्माणको काम नहुने समस्या छ : भौतिक मन्त्री 

मंसिर २४, २०८० १२:२३

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कानुनी जटिलताकाकारण समयमै निर्माणको काम सक्न समस्या हुने गरेको बताएका छन् । आइतबार सोसाईटि अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म्सको ३३औं स्थापना दिवस कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले यस्तो अवस्थामा छिटो आयोजना सम्पन्न गर्न समस्या हुने गरेको बताए ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसारै संक्रमणकालीन न्यायको टुंगो लगाइन्छ : प्रधानमन्त्री

मंसिर २४, २०८० १२:१४

प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्याय सम्बन्धी विषयलाई मानव अधिकार आयोगको सुझाव र अन्तर्राष्ट्रिय मापदण्डअनुसार  टुंगोमा पुर्‍याउने प्रतिबद्धता गरेका छन् ।

प्रधानमन्त्रीसँग मधेश प्रदेशका मुख्यमन्त्रीको भेट, कानुन निर्माणबारे छलफल

मंसिर २४, २०८० ११:५३

प्रधानमन्त्री पुष्पकमल दाहालसँग मधेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलगायतले भेटवार्ता गरेका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा संविधानको व्यवस्थाबमोजिमका संघीय कानुनहरू निर्माणको विषयमा छलफल भएको थियो ।

श्रीमतीलाई नक्कली आमा बनाएर ५ वर्षदेखि पेन्सन उठाउँदै

मंसिर २४, २०८० ११:५०

पर्साको बहुदरमाई नगरपालिका-२, सिसयाडी निवासी विकास यादवले आफ्नै श्रीमतीलाई कान्छी आमा बनाएर विगत ५ वर्षदेखि मृत्यु भइसकेका बुवाको सरकारी जागिर वापत आउने निवृत्तिभरण (पेन्सन) लिईरहेको पाइएको छ ।

प्राकृतिक प्रकोपपीडितलाई न राहत, न घर

मंसिर २४, २०८० ११:३९

तीन वर्षअघि भुजीखोलामा आएको बाढीले घर बगाएपछि ढोरपाटन नगरपालिका– ८ बोबाङका टेकबहादुर विक गोठ बारेर बसेका छन् । बल्लतल्ल ज्यान बचाएको उनको परिवारले अहिलेसम्म घर बनाउन सकेको छैन । भएको घर बग्यो, अर्को घडेरी नभएकाले गोठ बारेर बस्नुपरेको उनले गुनासो गरे ।

‘कर नीति बनाउनेहरूले अरू चोर, आफू मात्र इमानदार भन्ने सोच्छन्’

मंसिर २४, २०८० ११:२८

सन् १९६९ मा अमेरिकाबाट अध्ययन सकेर फर्केपछि ‘रक्सी भट्टी’ लाई रूपान्तरण गर्न आधुनिक मेसिन ल्याएर नेपालमा मदिरा व्यवसाय विस्तार गर्ने विजयकुमार शाह तीन वर्षयता सबैभन्दा बढी आयकर बुझाउने करदातामा पर्छन् । जावलाखेल ग्रुप अफ कम्पनिजलाई अध्यक्षका हैसियतले ५३ वर्षदेखि निरन्तर नेतृत्व गरिरहेका शाह मातहतमा हिमालयन डिस्टिलरी, राज ब्रुअरी, एसियन डिस्टिलरी, राज डिस्टिलरीसहित आधा दर्जन कम्पनी छन् ।

गाँजा फडानी अभियानमा प्रहरी

मंसिर २४, २०८० ११:२७

पछिल्लो समय पर्सा प्रहरीले अवैध रुपले लगाइएको गाँजाका बोटहरु फडानी अभियानलाई तीब्र पारेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएका प्रहरीले ३० कठ्ठा जग्गामा लगाइएका गाँजाको बोट फडानी गरेका छन् ।

अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

मंसिर २४, २०८० ११:२४

अर्घाखाँचीको शीतगंगा नगरपालिकामा शनिबार राति भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।महेन्द्र राजमार्गको शितगंगा नगरपालिका–८ सातमाराको राप्ती पुल नजिकै अनियत्रित भई ना६ख २७३९ नम्बरको ट्रक दुर्घटनामा परेको थियो । 

पाल्पामा भरुवा बन्दुक पड्केर मृत्यु 

मंसिर २४, २०८० ११:२२

पाल्पामा भरुवा बन्दुक पड्केर एक जनाको मृत्यु भएको छ । निस्दी गाउँपालिका–४, मित्याल गाङ्गसिंङडाँडा बस्ने ४८ वर्षीय डम्बर बहादुर सारुको आफैंले बोकेको बन्दुक पड्किएर आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाल सुपर लिग तालिकामा हलचल

मंसिर २४, २०८० ११:०१

‘डबल हेडर’ को सुपर स्याटर्डे । यो दिनले नेपाल सुपर लिगमा पस्केका दुई खेल वास्तवमै रोमाञ्चक रहे । दशरथ रंगशालामा प्रसंग चलिरहेको थियो किन गोल भएन भनेर । तर, यी दुई खेलले देखायो, गोल त हुन्छ । यिनै दुई खेलको नतिजाले लिग तालिकामा पनि गजब हलचल देखिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद

मंसिर २४, २०८० १०:५१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्र्याउन लागिएको ६ किलो ५ सय ग्राम सुन बरामद भएको छ । सुनसहित इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिन र अन्य दुई सुडानी नागरिक पक्राउ परेका छन् ।

चक्रपथ विस्तारको डीपीआर १० महिनामा पनि सकिएन

मंसिर २४, २०८० १०:५१

विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार नहुँदा चक्रपथ दोस्रो खण्ड विस्तारको काम अघि बढ्न सकेको छैन । दुई महिनाभित्र तयार पार्ने भन्दै गत ०७९ फागुनमा थालिएको डीपीआरको काम १० महिना पुग्दा पनि सकिएको छैन । चीन सरकारको अनुदान सहायतामा चक्रपथ दोस्रो खण्ड (कलंकी–वसुन्धरा) को विस्तार गर्न लागिएको हो ।

खर्च बढाउन सक्दैन प्रदेश सरकार

मंसिर २४, २०८० १०:४९

आर्थिक वर्षको पाँच महिना बित्न लाग्दा सुदूरपश्चिम प्रदेश सरकारले पहिलो चौमासिक अवधिको विकास खर्च विगत जस्तै न्यून छ । चालु आर्थिक वर्षमा साउनदेखि कात्तिकसम्म प्रदेश सरकारको पुँजीगत खर्च पाँच प्रतिशत मात्रै छ । कुल खर्च पनि आठ प्रतिशत नाघ्न सकेको छैन । 

सुन्तलाबाटै गाउँमा करोडौं नगद

मंसिर २४, २०८० १०:४६

रैनादेवी छहरा–४, अमलाबासका सुन्तला किसान कमल घिमिरेको रहरलाग्दो बगैंचा छ । सिजनमा न्यूनतम पनि १२ लाख नगद सुन्तलाबाट भित्रिन्छ । अबको दुई वर्षमा उनको बगैंचाबाट २० लाखको सुन्तला निकासी गर्ने लक्ष्य छ । ४० रोपनी क्षेत्रफलमा फैलिएको उनको बगैंचामा १२ सय बिरुवा छन् । ७ सय नयाँ छन् भने ५ सय पुराना हुन् । 

पर्म नलगाए भकारी रित्तै हुने पिरलो

मंसिर २४, २०८० १०:४३

कुनै बेला पाँचथरको फिदिम नगरपालिका–११ का लोकप्रसाद बुढाक्षत्रीका खेतमा धान रोप्न र बाली उठाउन दैनिक २५ जनासम्म खेताला हुन्थे । पाकेको बाली चरामुसाले खान नभ्याउँदै घर भित्र्याउँथे । तर, अहिले धान रोप्न र खलो उठाउनै धौ–धौ पर्न थालेको उनले सुनाए ।

टिकटक खुल्न सक्ने प्रधानमन्त्रीको संकेत

मंसिर २४, २०८० १०:३८

प्रधानमन्त्री पुष्पकमल दाहालले टिकटकका उच्च अधिकारीसँग अनौपचारिक कुराकानीमा टिकटकमाथि लगाइएको प्रतिबन्ध हट्ने संकेत गरेका छन् । उनका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले पनि आफूहरूले टिकटकका प्रतिनिधिसँग छलफल गरेको र नियमनमा आउन तयार भएकाले यसमाथिको प्रतिबन्ध खुल्न सक्ने आधार रहेको प्रस्ट्याए ।

सामाजिक सञ्जाल निर्देशिका अव्यावहारिक र अन्तर्राष्ट्रिय अभ्यासविरुद्ध : एआईएस

मंसिर २४, २०८० १०:३४

सामाजिक सञ्जाल प्लाटफर्महरूको प्रतिनिधि संस्था एसिया इन्टरनेट कोअलिसन (एआईसी) ले अघिल्लो महिना नेपाल सरकारले कार्यान्वयनमा ल्याएको सामाजिक सञ्जालसम्बन्धी निर्देशिकाप्रति चासो व्यक्त गर्दै यो अव्यावहारिक र अन्तर्राष्ट्रिय मान्यताविरुद्ध भएको जनाएको छ ।

विवादले रौतहटको विजयपुर नगरपालिका नगरसभा अन्योलमा

मंसिर २४, २०८० १०:३१

जनप्रतिनिधिबीचको विवादले फतुवा विजयपुर नगरपालिकाको नगरसभा अन्योलमा परेको छ । आर्थिक वर्षको योजना तर्जुमाका लागि हरेक वर्ष असार १० भित्र स्थानीय तहले नगरसभा सम्पन्न गरिसक्नुपर्ने ऐनमा व्यवस्था भए पनि फतुवा विजयपुरले ६ महिना बित्न लाग्दा पनि सभा गर्न सकेको छैन ।

प्रदर्शनकारीलाई शान्तिवाटिकासमेत छाड्न दबाब

मंसिर २४, २०८० १०:२९

माइतीघर मण्डलबाट हटाएर शान्तिवाटिका पुर्‍याइएका प्रदर्शनकारीले आफूहरूलाई उक्त ठाउँसमेत छाड्न दबाब आएको बताएका छन् । प्रहरीले प्रदर्शन नगर्न र शान्तिवाटिका छोडेर जान दबाब दिएको प्रदर्शनकारीले बताएका हुन् ।

चितवनमा दुई ठाउँ भएकाे माेटरसाइकल दुर्घटनामा तीनजनकाे निधन

मंसिर २४, २०८० ०९:३५

चितवनमा शनिबार साँझ दुई फरक ठाउँहरूमा भएकाे दुर्घटनामा माेटरसाइकलमा बसेका तीनजनाकाे निधन भएकाे छ । चितवन जिल्ला प्रहरी कार्यालयले दिएकाे जानकारी अनुसार जिल्लाकाे दक्षिण क्षेत्र माडीमा बाेलेराे गाडीले ठक्कर दिँदा माेटरसाइकलमा रहेका दुईजनाकाे निधन भएकाे छ ।

चन्दलगायत नेतामाथिको मुद्दा फिर्ता सम्भव छ ?

मंसिर २४, २०८० ०९:२०

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले आफ्नो पार्टीका शीर्ष नेताहरूमाथि काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण गराउँदै मुद्दा फिर्ता लिइदिन आग्रह गरेका छन् ।

मूलधारे राजनीतिमा निम्तिँदो सुनामी 

मंसिर २४, २०८० ०८:४३

सन् २०१० देखि २०१२ सम्म भारतको राजधानी दिल्ली सहरमा भ्रष्टाचारविरोधी प्रदर्शन, घेराउ र मूलधारका मिडियाको एकछत्र ध्यानाकर्षणदेखि जर्मनी, अमेरिका, बेलायत, फ्रान्सलगायतका प्रदर्शनकारीहरूले समेत अन्ना हजारेको आन्दोलनमा जोडिएर समुद्रसँग नजोडिएको दिल्लीमा राजनीतिक सुनामी ल्याएका थिए ।

ग्वार्को चोकमा आउजाउ सास्ती

मंसिर २४, २०८० ०८:३५

नेपालमा काम थाल्ने, काम पूरा गर्ने समय पनि तोकिने तर काम सो समयमा नहुने रोग जताततै छ । चाहे त्यो काठमाडौं–निजगढ द्रुतमार्ग होस्, मेलम्ची खानेपानीको लामो कथा होस् वा ग्वार्को चोकमा बन्न लागेको आकाशे पुल किन नहोस् ।

विमानस्थल बनाउने मात्रै कि चलाउने पनि ? 

मंसिर २४, २०८० ०८:३०

सरकारले पूर्वाधार निर्माण कति हचुवामा गर्छ भन्ने ज्वलन्त दृष्टान्त हुन्– बन्द विमानस्थल । व्यावसायिक सम्भाव्यता अध्ययन नगरी बनाइँदा र निर्माणपछि पनि कसरी चलाउने भनेर गृहकार्य नगर्दा विमानस्थलहरू गौचरनमा परिणत हुँदै गएका छन् ।

आर्सनललाई हराएर एस्टन भिल्ला तेस्रोमा

मंसिर २४, २०८० ०८:१९

एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा आर्सनललाई शनिबार १–० ले हराउँदै अंक तालिकको तेस्रो स्थानमा उक्लेको छ । हारले आर्सनलको शीर्षमा फर्कन अवसर भने गुग्यो । भिल्लाका लागि कप्तान जोन म्याकगिनले सातौं मिनेटमा निर्णायक गोल गरे ।

बेटिससँग रियलको बराबरी

मंसिर २४, २०८० ०८:१७

जुड वेलिङघमले आफ्नो उत्कृष्ट लयलाई कायम राख्दै आफ्नो १८ औं खेलमा १६ औं गोल गरे पनि रियल म्याड्रिड शनिबार स्पेनी ला लिगामा रियल बेटिसको हातबाट १–१ को बराबरीमा रोकिएको छ । इंग्लिस मिडफिल्डरले ५३ औं मिनेटमा गोलको खाता खोले ।

बायर्नमाथि फ्रान्कफर्टको पाँच गोल

मंसिर २४, २०८० ०८:१५

जर्मन बुंडेसलिगामा इन्ट्राख्ट फ्रान्कफर्टले शनिबार डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखमाथि अविश्वसनीय रूपमा ५–१ को जित रचेको छ । यो सिजन लिगमा बायर्नको यो पहिलो हार हो ।

उपरथी सिग्देलको जन्ममिति पनि केरमेट

मंसिर २४, २०८० ०८:०४

नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेलाई रथीमा बढुवा सिफारिस गरिए पनि उनको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिएर किनारा लागेका छन् । तर, अर्का उपरथी अशोक सिग्देलले पनि जन्ममिति सच्याएको भन्दै अख्तियारमा उजुरी परेको छ, अख्तियारले लेखी पठाए पनि रक्षाले बेवास्ता गरेको छ । 

एनसेल खरिद-बिक्रीको नाटक मञ्चन गरियो : ओली

मंसिर २४, २०८० ०७:५६

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई हस्तान्तरण गर्नुपर्ने समय नजिकिदै जाँदा सम्झौता बिपरित एनसेलकाे शेयर खरिदबिक्रीको नाटक मन्चन भएकाे दाबी गरेका छन् ।

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसका सिटौला र श्रेष्ठको दौडधुप

मंसिर २४, २०८० ०७:५१

राष्ट्रिय सभाको अध्यक्ष बन्न कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सक्रियता बढाएका छन् । संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको सिफारिस गर्ने ६ सदस्यीय परिषद्को सदस्यसमेत रहने भएकाले विशेष रुचि राख्दै आएका कांग्रेस सभापति शेरबहादुर देउवा भने दुई जनामध्ये कसलाई अघि बढाउने भन्नेमा मौन छन् । निर्वाचनपछि मात्रै देउवाले औपचारिक रूपमा मुख खोल्ने उनीनिकट नेताहरू बताउँछन् ।

१० वर्षमा ७ क्विन्टल सुन बरामद

मंसिर २४, २०८० ०७:४०

पछिल्ला १० वर्षमा अन्तर्राष्ट्रिय विमानस्थल र सडक नाका हुँदै तस्करी गरेर नेपाल भित्र्याउन लागिएको ६९९.२ किलो सुन बरामद भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७०/७१ देखि चालु आर्थिक वर्ष ०८०/८१ सम्म उक्त परिमाणमा सुन बरामद भएको हो ।

चक्रपथको डीपीआर १० महिनामा पनि सकिएन

मंसिर २३, २०८० २२:५२

विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार नहुँदा चक्रपथ दोस्रो खण्ड विस्तारको काम अघि बढ्न सकेको छैन । दुई महिनाभित्र तयार पार्ने भन्दै गत ०७९ फागुनमा थालिएको डीपीआरको काम १० महिना पुग्दा पनि सकिएको छैन । चीन सरकारको अनुदान सहायतामा चक्रपथ दोस्रो खण्ड (कलंकी–बसुन्धरा) को विस्तार गर्न लागिएको हो ।