नागरिक उन्मुक्ति पार्टीका बलराम खवास, जनता समाजवादी पार्टी नेपालका राजु मण्डल र जनमत पार्टीका सुधराम माझी थारुले सोमबार विज्ञप्ति जारी गर्दै शेखर कोइरालालाई समर्थन गर्ने निर्णय गरेका हुन् ।
५ वर्षको अवधिमा बाढीपहिरो र विभिन्न दुर्घटनामा ३९ जनाले भारतमा ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । यो अवधिमा ५ जना बेपत्ता भएका छन् ।
‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’ मार्फत इलामको रोङ गाउँपालिकाले अभिभावकविहीन तथा विपन्न बालबालिकाका लागि आशा र भरोसाको नयाँ दियो बालेको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले विज्ञप्ति जारी गरेर अनुमतिपत्र नवीकरण सेवा अवरुद्ध हुन पुगेको उल्लेख गरेका छन् ।
पुलिसले चिरपरिचित प्रतिद्वन्द्वी चर्च ब्वाइज युनाइटेडलाई ८–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
कालीखोलामा आएको बाढीले डाईभर्सन बगाएपछि राजमार्गमा बिहानैदेखि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
स्टोरको कागजात, लेखा फाँटका फाइल, पुस्तकालय, सरकारी र निजी गाडी आगोको लप्काले निलिसकेको थियो । सभा हलमा आगो लगाउनुअघि केही प्रदर्शनकारीले सभामुखको कुर्सीमा बसेर फोटो सेसन गरेका थिए ।
चीन साँच्चै अचम्मको देश रहेछ- अनुशासित, गतिशील र सुव्यवस्थित । विकासका संरचना त अचम्म लाग्ने भए नै, नागरिक स्तरमा देखिने अनुशासन पनि अचम्मकै देखियो ।