बाढीले बगायो एसियन हाइवेको डाइभर्सन

कालीखोलामा आएको बाढीले डाईभर्सन बगाएपछि राजमार्गमा बिहानैदेखि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

आश्विन १९, २०८२

पर्वत पाेर्तेल

Diversion of Asian Highway swept away by floods

विराटनगर — अविरल वर्षापछि आएको बाढीले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन एसियन हाइवे (पूर्वी खण्ड) को मेचीनगर-६ स्थित डाइभर्सन बगाएको छ।

कालीखोलामा आएको बाढीले डाईभर्सन बगाएपछि राजमार्गमा बिहानैदेखि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) का अन्य स्थानको डाइभर्सनमा समेत बाढीले क्षति पुर्‍याएको छ। 

कालीखोलाले यसअघि पनि डाइभर्सन बगाएको थियो । पुरानो पक्की पुल भत्काएर नयाँ पुल निर्माण भइरहेको अवस्थामा अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको थियो। तर, शनिबार रातिको आरीघोप्टे वर्षापछिको बाढीले क्षति पुर्‍याएको हो । 

Diversion of Asian Highway swept away by floods

एसियाली विकास बैंकको सहयोगमा करिब १० अर्ब रुपैयाँको लागतमा एसियन हाइवेको पूर्वीखण्ड स्तरोन्नतिको काम भइरहेको छ। उक्त निर्माण कार्य एभ्रास्कन–कालिका जेभीले ठेक्का लिएर सञ्चालन गर्दै आएको छ।

आयोजना कार्यालयले वर्षाको अवधिमा राजमार्गमा समस्या आएमा ‘र्‍यापिड रेस्पोन्स टोली’ परिचालन गरेर तत्काल समाधान गर्ने व्यवस्था मिलाइएको जनाएको छ।

सम्बन्धित समाचार 

वर्षाको विपद् : देशभर कहाँ कस्तो प्रभाव ? [लाइभ अपडेट]

पर्वत पाेर्तेल

Link copied successfully