तीर्थबहादुर श्रेष्ठ

तीर्थबहादुर श्रेष्ठका लेखहरु :

संझ्यालबाट संसार चियाइरहेका कविवर

विसं २०७७ भदौ २ गते साँझको ५ बजेर ५५ मिनेटको अंकलाई घडीको सुईले छोप्दा–नछोप्दै राष्ट्रकवि माधवप्रसाद घिमिरेको हृदय धड्कन बज्न छोडेछ । विसं १९७६ असोज ७ गते यस धरतीमा ओर्लिनुभन्दा पहिलेदेखि आमाकै कोखभित्र पनि अविरल ढुकढुक गर्दै आएको त्यस अवयव न कहिल्यै सुत्दथ्यो, न कहिल्यै निदाउँथ्यो ।

काठमाडौंका रैथाने

काठमाडौं उपत्यकाको रैथाने वन, वृक्ष र वनस्पतिको प्रसंगलाई कोट्याउँदा आजभन्दा झन्डै १२८ वर्षपहिले (सन् १८९३ डिसेम्बर) प्रकाशित प्रसिद्ध अंग्रेजी कवि रड्यार्ड किप्लिङको नवप्रस्तर युग ‘नियोलिथिक एज’शीर्षकको कवितामा उल्लिखित काठमाडौंको सम्झनालाई ब्युँताउनु उचित हुन्छ  ।

प्रयागराज : एक बोटानिस्ट

विसं २०१७ सालमा त्रिचन्द्र कलेजबाट बीएस्सी (बायोलजी) पास गरेर वनस्पति अड्डा छिर्दा हाकिमबाजे प्रयागराज पाण्डेजस्तो ठूलो जीउको मान्छे मैले सायद देखेकै थिइनँ । उहाँले पनि मजस्तो दुब्लो केटा नदेखेको हुनसक्छ । मेरा प्राध्यापक समरबहादुर मल्लले ‘जागिर खान्छौ’ भनेर नयाँ सडकबाटै मलाई टिपेर लगेका थिए ।

पालनहारलाई नमस्कार

कोरोना विषाणुको महामारीले विश्वभरिका मानिस एउटा असामान्य परिस्थितिको सामनामा जुटेका छन् । ज्यादै असहज र असामान्य परिस्थितिको बीचमा एउटा अति नै सामान्य लाग्ने नारा लिएर विश्व वातावरण दिवस (जुन ५) हामीमाझ आइपुगेको छ । यो वर्षको नाराले बोल्छ, ‘प्रकृतिका लागि समय’ अर्थात् ‘टाइम फर नेचर’ । हामीले प्रकृतिलाई समय दिन सकेनौं । हाम्रो समय प्रकृतिकै विनाशमा खर्च भइरहेको छ ।

म र मेरो नेपाल

मेरो सम्पूर्ण जीवनकाल १९९४ देखि २०७५ सालसम्म संक्रमण राजनीतिको छत्रछायामै बितेको जस्तो अनुभव भइरहेको छ । शैशव कालका बेला १९९७ सालको सहिद काण्ड सम्झनामा छैन । २००७ साल पनि ‘जिन्दावाद’ र ‘मुर्दावाद’ भनेर उफ्रने बाहेक अरू केही भएन । त्यसपछि २०१७ सालसम्म पढाइतिर लागेंँ । २०१७ सालमा बीपी कोइरालाको सरकारले जागिरे बनाइदियो ।