पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाको भ्रातृ संगठन अनेरास्ववियूले प्रतिनिधिसभा विघटनको विरुद्धमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम सुरु गरेको छ ।
नेकपा (दाहाल–नेपाल) समूहले मंगलबार प्रतिनिधिसभा विघटनको विरुद्धमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौंलगायत देशभरि नै समूहले शक्ति प्रदर्शन गरेको छ । काठमाडौंमा उपत्यकामा बिहान साढे ११ बजेदेखि विभिन्न ठाउँबाट जुलुुस सुरु भएका हुन् । टेकु, नयाँबानेश्वर, कुपन्डोल, लैनचौर र नक्शाल, , बागबजार, रत्नपार्कबाट जुलुस भएका थिए ।
संसद् विघटनविरुद्ध बृहत नागरिक समूहले साेमबार पनि प्रदर्शन गरेकाे छ । समूहकाे साताव्यापी विराेध कार्यक्रम स्वरुप माइतीघरमा साेमबार डम्फूसहितको प्रस्तुति गरेर कोणसभाको आयोजना गरिएको छ । कार्यक्रममा विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकहरुको सहभागिता थियाे ।
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले सोमबार देशैभर प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरिएकोविरुद्ध कांग्रेसले सोमबार १६५ निर्वाचन क्षेत्रमै विरोध प्रदर्शन आयोजना गरेको हो ।
विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकहरुको बृहत् नागरिक आन्दोलनले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भन्दै शनिबार माइतीघर मण्डलमा शंख फुकेर प्रदर्शन गरेको छ । बृहत् नागरिक समूहले प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको मिलिभगतमा गरिएको यो गैरसंवैधानिक र जनविरोधी ‘कू’ले प्रतिगमनतर्फको यात्रालाई ताजा र क्रुर मोड दिएको’ उल्लेख गरेको छ ।
संघीय संसद्को प्रतिनिधिसभा विघटन भएको निर्णयविरुद्ध काठमाडौंलगायत मुलुकका विभिन्न सहरमा प्रदर्शन सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश भएको भन्दै आइतबार दिउँसो ३ बजेदेखि काठमाडौंको माइतीघर क्षेत्रमा नेकपासम्बद्ध विभिन्न जनवर्गीय संगठनका कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् ।
बाला चतुर्दशीका अवसरमा आइतबार बिहान पशुपति मन्दिर परिसरमा सर्वसाधारणहरुले शतबीज छरेका छन् । यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण सरकारले पशुपति मन्दिरमा प्रवेश निषेध गरेपछि मन्दिर परिसर बाहिरबाटै शतबीज छरेका छन् । दिवगंत पितृको सम्झनाको सात थरिका विभिन्न अन्नहरु मिलाएर शतबीज छर्ने गरिन्छ ।
चक्रपथको कंलकी-चाबहिल सडक विस्तारको क्रममा विश्व सम्पदामा सूचिकृत संरचना भत्काउन लागिएको भन्दै शनिबार बौद्धमा विरोध प्रदर्शन गरिएको छ । 'स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔं' अभियानले शनिबार बौद्धमा दिप प्रज्वलन गर्दै विरोध गरेको हो । सम्पदा बचाउ अभियान्ताहरुले शनिबार एकैसाथ बौद्धसहित स्वयम्भू र लुम्बिनीमा पनि दिप प्रज्वलन गरेका थिए ।
परम्परा अनुसार एक महिना नचाइने प्रसिद्ध कात्तिक नाच यस वर्ष कोभिड–१९ महामारीका कारणले दुई दिन मात्र देखाइने भएको छ । जसअनुसार शुक्रबार बराह अवतार नाच देखाएको छ । शनिबार नृसिंह अवतार नाच देखाइनेछ।