नेपाल र इंग्ल्यान्डबीचको रोमाञ्चक खेल [तस्बिरहरु]

मुम्बईको वानखडे रंगशालामा उपस्थित १७ हजारमध्ये अधिकांश नेपाली समर्थक नेपाली रहेका थिए ।नेपालले अन्तिम बलसम्म इंग्ल्यान्डको प्रतिरोध गरेको थियो ।

माघ २५, २०८२

तस्बिर : हेमन्त श्रेष्ठ

Exciting match between Nepal and England [Photos]

काठमाडौँ — लोकेश बमको साहसका बावजुद नेपाल ट्वान्टी–२० विश्वकपमा आइतबार इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । लोकेशले २० बलमा ३९ रन बनाए पनि १ सय ८५ रनको लक्ष्य लिएर आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ८० रन मात्र बनाउन सक्यो ।

Exciting match between Nepal and England [Photos]

मुम्बईको वानखडे रंगशालामा उपस्थित १७ हजारमध्ये अधिकांश नेपाली समर्थक नेपाली रहेका थिए । त्यही नेपालले अन्तिम बलसम्म इंग्ल्यान्डको प्रतिरोध गरेको थियो । लोकेशले ४ चौका र २ छक्का प्रहार गरे पनि अन्तिम २ बलमा बाउन्ड्री प्रहार गर्न नसक्दा नेपाल ट्वान्टी–२० विश्वकपमा टेस्ट राष्ट्र सामु विजयको मुखमा पुगेर रोकिएको थियो । 

Exciting match between Nepal and England [Photos]

अन्तिम ओभरमा विजयका लागि १० रन चाहिने अवस्थामा नेपालले ५ रन मात्र बनाउन सक्यो । 

Exciting match between Nepal and England [Photos]

कुशल भुर्तेल र आसिफ शेखले ४ ओभर भित्र ३७ रन जोडेर नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । एक चौका प्रहार गरेका आसिफ ९ बलमा ७ रन बनाई आउट भए । दोस्रो ओभर देखि निकै आक्रामक खेलेका कुशलले १७ बलमा २९ रन बनाए । उनले ४ चौका र १ छक्का प्रहार गरे । 

Exciting match between Nepal and England [Photos]

कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटमा ५४ बलमा ८२ रनको साझेदारी गरी नेपालको सम्भावना देखाएका थिए । दीपेन्द्र २९ बलमा ४४ रन बनाई आउट भए । सो क्रममा उनले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा २ हजार रन पुरा गरेका थिए । उनी नेपालबाट ट्वान्टी–२० मा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

Exciting match between Nepal and England [Photos]

उनले ६ चौका र १ छक्का प्रहार गरे । रोहितले ३४ बल खेली समान २ चौका र छक्कासहित ३९ रन बनाए । आरिफ शेख १ छक्का प्रहार गरी ८ बलमा १० रन बनाई जोफ्रा आर्चरको बलमा आउट भए । गुलशन झा पनि १ रनमै आउट भए । 

Exciting match between Nepal and England [Photos]

पहिलो परिवर्तनका रूपमा आएका लिएम डावसनले कसिलो बलिङ गरे । उनले ४ ओभरमा २१ रन खर्चेर आसिफ र रोहितको विकेट लिए । यसअघि ज्याकोब बेथेल र कप्तान हृयारी ब्रुकको अर्धशतकमा टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४ रन बनाएको थियो । बेथेलले कुशल भुर्तेलको बलमा लगातार दुई छक्का प्रहार गर्दै २ बलमा अर्धशतक पूरा गरेका थिए । उनले कुल ३५ बल खेली समान ४ चौका र छकका प्रहार गर्दै ५५ रन बनाए । 

Exciting match between Nepal and England [Photos]

उनी ट्वान्टी–२० विश्वकपमा अर्धशतक बनाउने इंग्ल्यान्डका सबैभन्दा कान्छा खेलाडी पनि हुन् । उनले यो सफलता २२ वर्ष ३ महिना १६ दिनका दिन बनाएका थिए । यसअघि क्रेग किसवेटरले २२ वर्ष ५ महिना १८ दिनका अर्धशतक बनाएका थिए । 

Exciting match between Nepal and England [Photos]

ब्रुकले १९ ओभरको पहिलो बलमा नन्दन यादवलाई छक्का प्रहार गर्दै ३२ बलमा अर्धशतक पूरा गरेका थिए । अर्को बलमै नन्दनले ब्रुकलाई शेर मल्लबाट क्याच गराए । ब्रुकले ४ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाए । 

Exciting match between Nepal and England [Photos]

इंग्ल्यान्डले पावर प्लेमा २ विकेट गुमाई ५७ र १२ ओभरमा ३ विकेट गुमाई १ सय ६ रन बनाएको थियो । तर नेपालले त्यसपछि राम्रो पुनरागमन गरेको थियो । विशेष गरी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा २५ रन मात्र खर्चेर १ विकेट लिए । इंग्ल्यान्डले अन्तिम ५ ओभरमा ५० रन जोडेको थियो ।

Exciting match between Nepal and England [Photos]

नेपालले उत्कृष्ट सुरुआत गरेको थियो । ‘डेब्यु’ गरिरहेका शेरले आफ्नो पहिलो बलमै फिल सल्टलाई १ रनमा आउट गरे । खेलको दोस्रो ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका उनले सल्टलाई शर्ट फाइन लेगमा सन्दीपबाट क्याच गराए । जोस बटलरलाई नन्दनले विकेटकिपर आसिफबाट क्याच गराए । बटलरले १७ बल खेली ५ चौका प्रहार गर्दै २६ रन बनाए । आफ्नो इनिङ्सका क्रममा बटलर ट्वान्टी–२० विश्वकपमा एक हजार रन पुरा गरे । 

Exciting match between Nepal and England [Photos]

सन्दीपले टम बेन्टानलाई २ रनमा एलबीडब्लु आउट गरे । साम करनलाई दीपेन्द्रले २ रनमा बोल्ड गरे । जोफ्रा आर्चर १ रनमा रनआउट भए । ज्याक ३९ रनमा अविजित रहे । इनिङ्सको अन्तिम ओभरमा करण केसीलाई ३ छक्का प्रहार गरेका ज्याकले १८ बल खेली १ चौका र ४ छक्का प्रहार गरे । दीपेन्द्र र नन्दनले २–२ विकेट लिए । दीपेन्द्रले ३ ओभरमा २३ र नन्दनले ३ ओभरमा २५ रन खर्चे ।

तस्बिर श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully