Of the 17,000 fans present at Mumbai's Wankhede Stadium, most were Nepali. Nepal resisted England until the last ball.
We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
Despite Lokesh Bam's bravery, Nepal lost to England by 4 runs in the Twenty20 World Cup on Sunday. Despite Lokesh's 39 off 20 balls, Nepal, who had set a target of 185 runs, could only score 180 runs for the loss of 6 wickets in the stipulated 20 overs.
मुम्बईको वानखडे रंगशालामा उपस्थित १७ हजारमध्ये अधिकांश नेपाली समर्थक नेपाली रहेका थिए । त्यही नेपालले अन्तिम बलसम्म इंग्ल्यान्डको प्रतिरोध गरेको थियो । लोकेशले ४ चौका र २ छक्का प्रहार गरे पनि अन्तिम २ बलमा बाउन्ड्री प्रहार गर्न नसक्दा नेपाल ट्वान्टी–२० विश्वकपमा टेस्ट राष्ट्र सामु विजयको मुखमा पुगेर रोकिएको थियो ।
कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटमा ५४ बलमा ८२ रनको साझेदारी गरी नेपालको सम्भावना देखाएका थिए । दीपेन्द्र २९ बलमा ४४ रन बनाई आउट भए । सो क्रममा उनले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा २ हजार रन पुरा गरेका थिए । उनी नेपालबाट ट्वान्टी–२० मा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।
उनले ६ चौका र १ छक्का प्रहार गरे । रोहितले ३४ बल खेली समान २ चौका र छक्कासहित ३९ रन बनाए । आरिफ शेख १ छक्का प्रहार गरी ८ बलमा १० रन बनाई जोफ्रा आर्चरको बलमा आउट भए । गुलशन झा पनि १ रनमै आउट भए ।
पहिलो परिवर्तनका रूपमा आएका लिएम डावसनले कसिलो बलिङ गरे । उनले ४ ओभरमा २१ रन खर्चेर आसिफ र रोहितको विकेट लिए । यसअघि ज्याकोब बेथेल र कप्तान हृयारी ब्रुकको अर्धशतकमा टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४ रन बनाएको थियो । बेथेलले कुशल भुर्तेलको बलमा लगातार दुई छक्का प्रहार गर्दै २ बलमा अर्धशतक पूरा गरेका थिए । उनले कुल ३५ बल खेली समान ४ चौका र छकका प्रहार गर्दै ५५ रन बनाए ।
उनी ट्वान्टी–२० विश्वकपमा अर्धशतक बनाउने इंग्ल्यान्डका सबैभन्दा कान्छा खेलाडी पनि हुन् । उनले यो सफलता २२ वर्ष ३ महिना १६ दिनका दिन बनाएका थिए । यसअघि क्रेग किसवेटरले २२ वर्ष ५ महिना १८ दिनका अर्धशतक बनाएका थिए ।
नेपालले उत्कृष्ट सुरुआत गरेको थियो । ‘डेब्यु’ गरिरहेका शेरले आफ्नो पहिलो बलमै फिल सल्टलाई १ रनमा आउट गरे । खेलको दोस्रो ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका उनले सल्टलाई शर्ट फाइन लेगमा सन्दीपबाट क्याच गराए । जोस बटलरलाई नन्दनले विकेटकिपर आसिफबाट क्याच गराए । बटलरले १७ बल खेली ५ चौका प्रहार गर्दै २६ रन बनाए । आफ्नो इनिङ्सका क्रममा बटलर ट्वान्टी–२० विश्वकपमा एक हजार रन पुरा गरे ।
सन्दीपले टम बेन्टानलाई २ रनमा एलबीडब्लु आउट गरे । साम करनलाई दीपेन्द्रले २ रनमा बोल्ड गरे । जोफ्रा आर्चर १ रनमा रनआउट भए । ज्याक ३९ रनमा अविजित रहे । इनिङ्सको अन्तिम ओभरमा करण केसीलाई ३ छक्का प्रहार गरेका ज्याकले १८ बल खेली १ चौका र ४ छक्का प्रहार गरे । दीपेन्द्र र नन्दनले २–२ विकेट लिए । दीपेन्द्रले ३ ओभरमा २३ र नन्दनले ३ ओभरमा २५ रन खर्चे ।
![Exciting match between Nepal and England [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/sports/new-sports-4-0822026021124-1000x0.jpg&w=1001&h=0)
![Exciting match between Nepal and England [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/sports/sports-news-naya-1-0822026022438-1000x0.jpg&w=1001&h=0)
![Exciting match between Nepal and England [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/sports/sports-news-naya-6-0822026022427-1000x0.jpg&w=1001&h=0)
![Exciting match between Nepal and England [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/sports/sports-news-naya-5-0822026022424-1000x0.jpg&w=1001&h=0)
![Exciting match between Nepal and England [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/sports/sports-news-naya-4-0822026022420-1000x0.jpg&w=1001&h=0)
![Exciting match between Nepal and England [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/sports/sports-news-naya-2-0822026022417-1000x0.jpg&w=1001&h=0)
![Exciting match between Nepal and England [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/sports/new-sports-14-0822026021159-1000x0.jpg&w=1001&h=0)
![Exciting match between Nepal and England [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/sports/new-sports-13-0822026021156-1000x0.jpg&w=1001&h=0)