काठमाडौंका खोला किनार : पहिले र अहिलेको दृश्य

काठमाडौंको थापाथली, गैरीगाउँ, सिनामंगल, शान्तिनगर, शंखमूल, मनोहरा खोला, बल्खु र वंशीघाटस्थित किनार कस्तो देखियो अहिले ?

असार २, २०८३

अंगद ढकाल, दीपक केसी, तस्बिर : हेमन्त श्रेष्ठ

Kathmandu's riverbanks: past and present views

What you should know

काठमाडौँ — सरकारले वैशाख १२ गतेबाट काठमाडौंमा रहेका थापाथली, गैरीगाउँ, सिनामंगल, शान्तिनगर, शंखमूल, मनोहरा खोला, बल्खु र वंशीघाटस्थित किनारका सुकुमवासी बस्ती भत्काउन सुरू गरेको थियो । अहिले ती ठाउँ खाली भएका छन् । सरकारले ती ठाउँमा पार्क बनाउने जनाएको छ ।

विस्थापितहरूलाई सरकारले काठमाडौं, भक्तपुर र काभ्रेमा गरी ७ ठाउँमा होल्डिङ सेन्टर तोकेको छ । 

बालाजुस्थित माछापोखरी लजमा ८७ घरका २ सय ९४, राधास्वामी आश्रम कीर्तिपुरस्थित ६५ घरमा २ सय ७७ र भक्तपुर खरिपाटीस्थित विद्युत् तालिम केन्द्रमा ९९ घरका ३ सय ५५ जना छन् ।

भक्तपुर बोडेस्थित कृषि तालिम केन्द्रमा २४ घरमा १ सय १५, नगरकोटस्थित खानेपानी तालिम केन्द्रमा २१ घरका ८०, बनेपास्थित रेडक्रसमा ४५ घरका १ सय ९५ र इचंगुनारायण अपार्टमेन्टमा ४७ घरका १ सय ७२ जना छन् । 

सिनामंगलस्थित बागमती किनारको पहिले र अहिलेको दृश्य

मनोहरा किनारको पहिले र अहिलेको दृश्य

शंखमूलस्थित बागमती किनारको पहिले र अहिलेको दृश्य

 थापाथलीस्थित बागमती नदी किनारको पहिले र अहिलेको दृश्य 

बल्खुस्थित बागमती नदी किनारको पहिले र अहिलेको दृश्य 

 टेकुस्थित वंशीघाटको पहिले र अहिलेको दृश्य

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

तस्बिर हेमन्त श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully