१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

तस्बिर : दीपक केसी

तस्बिर : दीपक केसीका लेखहरु :

गुरुकुलमा 'काल' [तस्बिरहरू]

रामभजन कामतको परिकल्पना, लेखन र निर्देशनमा नाटक 'काल' मञ्चन भइरहेको छ । थापागाउँस्थित आरोहण गुरुकुलमा मंसिर १४ देखि मञ्चित उक्त नाटक ३० गते मंसिरसम्म मञ्चन हुनेछ । 

जावलाखेलमा पुष्प मेला

यही कार्तिक १४ देखि जावलाखेल खेलकुद मैदान जावलाखेलमा पुष्प मेला सुरु भएको छ । हरेक वर्ष आयोजना हुने यो १६औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हो । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना पुष्प विकास केन्द्रको सहआयोजना र कृषि पूर्वधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रको सहयोगमा सुरु भएको मेला कात्तिक १८ गतेसम्म चल्नेछ ।

चियापानले जुराएको राजनीतिक जमघट [तस्बिरहरु]

एमालेले हिन्दुको चाड वडादसैं, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा बुधबार शुभकामना आदानप्रदान र चियापन आयोजना गरेको छ । पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा भएको चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाललगायत विभिन्न राजनीतिक दलका नेताहरु, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, विभिन्न पार्टीका नेता, कार्यकर्ता, समाजका विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी भएका छन् ।

कांग्रेसको चियापानमा नेताहरूको जमघट [तस्बिरहरु]

कांग्रेसले दसैं, तिहार, नेपाल सम्वत् र छठलगायत चाडपर्वको सन्दर्भमा शनिबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । सानेपास्थित केन्द्रीय मुख्यालयमा आयोजित कार्यक्रममा दिनहुँजसो राजनीतिक घोचपेच र आरोप प्रत्यारोपमा उत्रिरहने नेताहरूले आपसमा जमघट गरे ।

दसैं उमंग

यसपालिको दसैं घरआँगनमा भित्रिएको छ । बजारमा किनमेल गर्ने, चाडलाई खानपान जोहो गर्नेको भीडले सहरबजार चलायमान छन् । लिंगेपिङको चचहुई र चंगा चेट्ले दसैं आगमनलाई अझ रौनक थपेका छन् । राजधानी र ठूला सहरबाट घर फर्कनेको लर्कोले सार्वजनिक सवारीसाधनमा भीड थामिनसक्नु छ ।

एसियाड : पदक विजेता टोली स्वदेश फिर्ता

चीनको हाङचाउमा सम्पन्न १९औं एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षकसहितको नेपाली टोली मंगलबार स्वदेश फर्किएका छन् ।

आजदेखि दसैंको अग्रिम टिकट बुकिङ खुला

दसैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । सोमबार बिहानैबाट नयाँ बसपार्क, कलकी, कोटेश्वर, चाबहिल छेत्रमा टिकट बुकिङ गर्ने यात्रुको भिड लागेको छ ।

कोशी टप्पु पुगे पुष्पा र अञ्जली

चितवन राष्ट्रिय निकुञ्जबाट लगिएका पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको छ। पुष्पा र अञ्जलीलाई चितवनबाट दुई अलग खोरमा राखेर कोशी टप्पु पुर्‍याइएको थियो । जसलाई वन तथा वातावरणमन्त्री डाक्टर वीरेन्द्रप्रसाद महतोसहित विभागका कर्मचारीको उपस्थितिमा आरक्ष कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

चितवनबाट पुष्पा र अञ्जली कोशी टप्पुतर्फ

सौराहा आसपासका बस्तीमा मान्छेसँग झ्याम्मिने दुई गैंडा अब टाढा पुगेका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट पुष्पा र अञ्जली नाम दिइएका दुई गैंडा मंगलबार कोशी टप्पु वन्यजन्तु आरक्ष पठाइएको हो । दुवै माउबाट छुट्टिएपछि उद्धार गरेर हुर्काइएका पोथी गैंडा हुन् ।

चितवनबाट 'पुष्पा' र 'अञ्जली'लाई कोशी पठाइयो 

माउबाट बिछोडिएपछि मान्छेको रेखदेख र स्याहारमा हुर्केका गैंडाका दुई पोथी बच्चा मंगलबार चितवनबाट बिदा भएका छन् । पूर्वी नेपालको कोशी टप्पु वन्यजन्तु आरक्ष उनीहरूको नयाँ बासस्थल हुने छ ।