गणेश नेपालीको न्यायको माग गर्दै प्रदर्शन [तस्बिरहरू]

सहभागीहरुले 'फासीवादी सरकार मुर्दावाद', 'पीडित परिवारलाई क्षतिपूर्ति दे', 'ट्राफिक आतंक बन्द गर', 'बालेन सरकारको हातमा रगत छ' लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए ।

असार २६, २०८३

दीपक केसी, दिपेश दर्शनधारी

Protest demanding justice for Ganesh Nepali [Photos]

काठमाडौँ — आत्मदाहपछि मृत्युवरण गरेका गणेश नेपालीको न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । शुक्रबार मुगुवासी, राइडर र जेनजीहरूले प्रदर्शन गरेका हुन् । माइतीघरमा प्रदर्शनपछि उनीहरू वीर अस्पतालतर्फ लागे पनि प्रहरीले भद्रकालीमा रोकेको छ ।

Protest demanding justice for Ganesh Nepali [Photos]

यस्तै, वैज्ञानिक समाजवादी पार्टीले माइतीघरमा प्रदर्शन गरेको छ । सहभागीहरुले फासीवादी सरकार मुर्दावाद, पीडित परिवारलाई क्षतिपूर्ति दे, ट्राफिक आतंक बन्द गर, बालेन सरकारको हातमा रगत छ लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए ।

Protest demanding justice for Ganesh Nepali [Photos]

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको शुक्रबार वीर अस्पतालको बर्न सेन्टरमा उपचार क्रममा मृत्यु भएको थियो ।

Protest demanding justice for Ganesh Nepali [Photos]

भक्तपुरमा डेरा गरी श्रीमती र छोरीसँग बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे । आफूले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि शुक्रबार दिउँसो उनले आत्मदाहको प्रयास गरेका थिए ।

Protest demanding justice for Ganesh Nepali [Photos]
Protest demanding justice for Ganesh Nepali [Photos]
Protest demanding justice for Ganesh Nepali [Photos]
Protest demanding justice for Ganesh Nepali [Photos]
Protest demanding justice for Ganesh Nepali [Photos]

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

दिपेश दर्शनधारी कान्तिपुरका फोटो पत्रकार हुन् ।

Link copied successfully