सरकारले निजामती सेवामा भर्ना नयाँ रोक्न लागेको भन्दै परीक्षाको तयारी गरिरहेका युवाहरू विरोधमा उत्रिएका हुन् ।
आगामी साउन ११ देखि परीक्षणका रूपमा सञ्चालनमा आउन लागेको सुरुङमार्गमा बिहान दौडको कार्यक्रम आयोजना गरिएको हो ।
उनीहरूले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ का त्रुटि सच्याउन माग गरेका छन् ।
उनको न्यायका लागि मृतकका आफन्त, साथीभाइ तथा समर्थकहरू भेला भएका हुन् ।
सहभागीहरुले 'फासीवादी सरकार मुर्दावाद', 'पीडित परिवारलाई क्षतिपूर्ति दे', 'ट्राफिक आतंक बन्द गर', 'बालेन सरकारको हातमा रगत छ' लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए ।
प्रस्तावित विधेयक मस्यौदामा निर्धारित स्थानबाहेक पैदलयात्री हिँडे पाँच सय रुपैयाँ जरिवाना तोकिएको छ । तर, कतै घरले मिचेर संरचना बनाउँदा सडकपेटी नै हराएका छन् । खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको छ ।
भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा(भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको जानकारहरु बताउँछन् ।
आज इनार, पोखरी र परम्परागत ढुंगेधाराजस्ता पानीका स्रोत सरसफाइ गर्ने चलन छ ।
रोपाइँमा ब्यस्त ललितपुर छम्पी र मकवानपुर चित्लाङका किसानहरू । असार महिना सुरु भएसँगै काठमाडौं उपत्यका र आसपासका जिल्लाहरूमा यस्ता दृश्य देखिने गर्छन् ।
विश्वभर जुन महिनामा ‘प्राइड परेड’ भनेर गौरव यात्रा मनाउँछन् । विशेषतः सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दंगापछि गौरव यात्रा मनाउन थालेको हो ।