जरिवानाले कस्दै सरकार, तर अस्तव्यस्त सडक पूर्वाधार [तस्बिरहरू]

प्रस्तावित विधेयक मस्यौदामा निर्धारित स्थानबाहेक पैदलयात्री हिँडे पाँच सय रुपैयाँ जरिवाना तोकिएको छ । तर, कतै घरले मिचेर संरचना बनाउँदा सडकपेटी नै हराएका छन् । खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको छ ।

असार १८, २०८३

दिपेश दर्शनधारी

Government tightens grip with fines, but road infrastructure remains in disarray [Photos]

काठमाडौँ — ट्राफिक नियममा कठोर बन्दै सरकारले पैदलयात्री र सवारी चालकसम्मलाई ५ सयदेखि एक लाख रुपैयाँसम्म जरिवाना गराउने गरी कानुन ल्याउन लागेको छ ।

Government tightens grip with fines, but road infrastructure remains in disarray [Photos]

पूर्वाधार विकास मन्त्रालयले सवारी तथा यातायातसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार पारेर सहमति माग गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पठाएको छ । सरोकारवाला निकाय भने सडक पूर्वाधारको अवस्था नै नहेरी हचुवाका भरमा मनपरी जरिवाना तोकेर नियम ल्याउनु गलत भएको दाबी गर्छन् । कानुन पालना गर्ने जनताको आयस्तर पनि हेरेर नियम कानुन बनाउनुपर्ने उनीहरूको तर्क छ ।

Government tightens grip with fines, but road infrastructure remains in disarray [Photos]

प्रस्तावित विधेयकको मस्यौदामा सार्वजनिक सडकको निर्धारित स्थानबाहेकका अन्य स्थानबाट सडकमा पैदलयात्री हिँडे पाँच सय रुपैयाँ जरिवाना तोकिएको छ । तर अधिकांश सडकपेटीको अवस्था अस्तव्यस्त छ । कतै त घरले मिचेर संरचना बनाउँदा सडकपेटी हराएका छन् ।

Government tightens grip with fines, but road infrastructure remains in disarray [Photos]

जेब्रा क्रसको रङ पनि कतिपय ठाउँमा खुइलिएका छन् । ट्राफिक लाइट नियमित छैन । उबडखाबड बाटोका कारण सवारी दुर्घटनामा समेत पर्ने गरेका छन् । कतै लेन छुट्टिने संकेत पनि प्रस्ट देखिँदैन ।

दिपेश दर्शनधारी कान्तिपुरका फोटो पत्रकार हुन् ।

Link copied successfully