काठमाडौँ — त्रिपुरेश्वरमा बिहीबार आत्मदाह गरेका गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरिएको छ । मृतकका आफन्त, साथीभाइ तथा समर्थकहरू भेला भएका हुन् ।
बिहीबार आत्मदाहको प्रयास गरेका राइड–सेयरिङ चालक गणेशको उपचारका क्रममा वीर अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको थियो । नेपालीको शव शुक्रबार राति वीर अस्पतालबाट महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ।