उनीहरूले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ का त्रुटि सच्याउन माग गरेका छन् ।
काठमाडौँ — शैक्षिक परामर्श व्यवसायी संयुक्त संघर्ष समितिले आजदेखि आन्दोलन सुरु गरेको छ । काठमाडौंको पुतलीसडक चोकमा उनीहरुले प्लेकार्ड बोकेर ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ को विरोध गरेका हुन् ।
आन्दोलनबाट समाधान ननिस्किएमा सबै कन्सल्टेन्सी व्यवसायीले कार्यालयको चाबी जिल्ला प्रशासन कार्यालयमा बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने समितिले जनाएको छ ।
![Educational consulting professionals on display [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/74828678017056208206530675058242825192108754n-1772026103150-1000x0.jpg&w=1001&h=0)
![Educational consulting professionals on display [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/74612918710254677570142189060431880162031190n-1772026103149-1000x0.jpg&w=1001&h=0)