बल्खु र वंशीघाटमा चल्यो डोजर [तस्बिरहरू]

काठमाडौंका खोला किनारका अव्यवस्थित बस्ती हटाउने कामलाई जारी राख्दै सरकारले शुक्रबार बिहानै बल्खु र टेकु नजिक पर्ने वंशीघाट क्षेत्रमा डोजर चलाएको छ।

वैशाख १८, २०८३

हेमन्त श्रेष्ठ, दीपक केसी

काठमाडौँ — काठमाडौंका खोला किनारका अव्यवस्थित बस्ती हटाउने कामलाई जारी राख्दै सरकारले शुक्रबार बिहानै बल्खु र टेकु नजिक पर्ने वंशीघाट क्षेत्रमा डोजर चलाएको छ।

बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले आजसम्मको सूचना दिएर बस्ती खाली गराउन भनेको थियो। उक्त सूचनापछि धेरैले आफैं घरटहरा खाली गर्न थालेका थिए।

यसअघि जस्तै बाक्लो सुरक्षा घेराबीच डोजर चलाएर बस्तीहरू भत्काउन थालिएको हो।

हेमन्त श्रेष्ठ कान्तिपुरका फोटोपत्रकार हुन् ।

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully