हाल भत्काइएका संरचनाबाट कबाडमा बेच्न सकिने फलाम, इँटा तथा अन्य काम लाग्ने सामान संकलन भइरहेको हो ।
काठमाडौँ — सरकारले अतिक्रमण गरी बनाइएका घर टहरा भत्काइरहेको छ । दोस्रो चरणमा शुक्रबार काठमाडौंको शंखमूलका सुकुम्बासी बस्तीका घर-टहरा भत्काएको छ । घर-टहरा धनीले भत्काइएका संरचनाबाट कबाडमा बेच्न सकिने फलाम, इँटा तथा अन्य काम लाग्ने सामान मजदुर लगाएर संकलन गरिरहेका छन् ।
![Collecting belongings from a house demolished by a bulldozer [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/labourcollectingjunkfromshankhamulslumarea05032026dsc9526-0352026023340-1000x0.jpg&w=1001&h=0)