पूर्व सूचना अनुसार नै बस्ती खाली गराउन शनिबार बिहानैदेखि बस्तीमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। त्यसको केही घण्टापछि बस्तीमा डोजर चलाइयो।
काठमाडौँ — काठमाडौंको थापाथलीस्थित बागमती किनारको सुकुमवासी बस्तीमा सरकारले डोजर चलाएर बस्ती हटाएको छ। बस्ती खाली गर्न प्रशासनले माइकिङमार्फत ‘उर्दी’ जारी गरेपछि वर्षौंदेखि त्यहाँ आश्रय लिइरहेका बासिन्दाले शुक्रबारदेखि नै बासस्थान खाली गराउन थालेका थिए।
पूर्व सूचना अनुसार नै बस्ती खाली गराउन शनिबार बिहानैदेखि बस्तीमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। त्यसको केही घण्टापछि बस्तीमा डोजर चलाइयो। सडक विभागका दुई स्काभेटरसहित ५ उपकरणले बस्ती भित्र भत्काइरहेको छ। बाहिर २ वटा लोडर स्ट्यान्डबाइ रहेका छन्।
![Dozers used in Thapathali, demolishing squatter settlements [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/sukumbasi-basti-bhatkaiyo-2542026073855-1000x0.png&w=1001&h=0)
![Dozers used in Thapathali, demolishing squatter settlements [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/thapathali-sukumbasi-basti-11-2542026071438-1000x0.jpg&w=1001&h=0)