जेठ औँसीका अवसरमा मनाइने बरसाइत (बटसावित्री) पर्व आज श्रद्धा र आस्थापूर्वक मनाइएको छ। पतिको दीर्घायु, सुख–समृद्धि र दाम्पत्य जीवनको मंगलकामना गर्दै महिलाहरूले वर–पीपलको पूजा गरेका हुन्।
काठमाडौँ — जेठ औँसीका अवसरमा मनाइने बरसाइत (बटसावित्री) पर्व आज श्रद्धा र आस्थापूर्वक मनाइएको छ। पतिको दीर्घायु, सुख–समृद्धि र दाम्पत्य जीवनको मंगलकामना गर्दै महिलाहरूले वर–पीपलको पूजा गरेका हुन्।
जेठ औँसीका अवसरमा मनाइने बरसाइत (बटसावित्री) पर्व आज श्रद्धा र आस्थापूर्वक मनाइएको छ। पतिको दीर्घायु, सुख–समृद्धि र दाम्पत्य जीवनको मंगलकामना गर्दै महिलाहरूले वर–पीपलको पूजा गरेका हुन्।
ललितपुरको गुसिङ्गालस्थित बाग्मती किनारमा रहेको वर–पीपल परिसर बिहानैदेखि भक्तजनले भरिएको थियो। रातो, पहेँलो र विभिन्न परम्परागत पहिरनमा सजिएका महिलाहरूले वरको रुखमा धागो बेर्दै पूजा–आराधना गरेका थिए।बरसाइत पर्व विशेषगरी विवाहित महिलाका लागि महत्वपूर्ण मानिन्छ। नवविवाहित महिलाले विवाहपछिको पहिलो बरसाइत श्रीमान्को घरमै मनाउने परम्परा छ। पर्वका अवसरमा माइतीबाट लुगा, चुरा, सिन्दूरलगायत शृङ्गार सामग्री पठाउने चलन पनि रहेको छ।
![A festival to pray for the husband's long life [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/batsabitri-festival-1652026103855-1000x0.png&w=1001&h=0)
![A festival to pray for the husband's long life [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/batsabitri-festival-2-1652026104038-1000x0.jpg&w=1001&h=0)
![A festival to pray for the husband's long life [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/batsabitri-festival-8-1652026104103-1000x0.jpg&w=1001&h=0)