आगजनीमा क्षति पुगेको मन्त्री आवासको पुनर्निर्माण [तस्बिरहरू]

जेन-जी आन्दोलनका क्रममा यहाँका २७ भवनमध्ये २६ वटामा आगजनी र तोडफोड गरी क्षति पुर्‍याइएको थियो ।

असार ५, २०८३

विमल खतिवडा, तस्बिर : हेमन्त श्रेष्ठ

Reconstruction of Minister's residence damaged in arson [Photos]

काठमाडौँ — जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति भएको भैंसेपाटीस्थित मन्त्री आवासको मर्मत र पुनर्निर्माणको काम धमाधम भइरहेको छ । आन्दोलनका क्रममा यहाँका २७ भवनमध्ये २६ वटामा क्षति पुगेको थियो ।

Reconstruction of Minister's residence damaged in arson [Photos]

यसलाई तीन चरणमा ठेक्का गरी काम अघि बढाइएको पूर्वाधार विकास मन्त्रालयअन्तर्गको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ । पहिलो चरणमा ११ र दोस्रो चरणमा १६ वटा भवनको पुनर्निर्माण अघि बढाइएको छ । तेस्रो चरणमा फर्निसिङको ठेक्का गरिएको छ । यसका लागि पहिला भवनको काम सकिसक्नुपर्नेछ ।

Reconstruction of Minister's residence damaged in arson [Photos]

पुनर्निर्माणको काम असार मसान्तसम्म सकिसक्नुपर्ने भएकाले त्यहीअनुसार काम भइरहेको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी अरुण भुजेलले बताए । जुन भवनको काम सकिन्छ, त्यही भवनमा फर्निसिङको काम थालिनेछ । ‘२७ वटै भवनको काम एकैचोटि सक्नेभन्दा पनि सकिएका भवनमा क्रमशः मन्त्रीलाई बसोबासको व्यवस्थापन गर्दै लग्छौं,’ उनले भने, ‘पुनर्निर्माण सकिने भवनमा फर्निसिङको काम थाल्छौं ।’

Reconstruction of Minister's residence damaged in arson [Photos]

अहिले क्षति नभएको भवनमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल मात्र बस्दै आएका छन् । ६ जना मन्त्री पुल्चोकको पुरानो मन्त्री आवासमा छन् । जहाँको मन्त्री आवास भैंसेपाटी सरेपछि न्यायाधीशहरूलाई बसोबासको व्यवस्था गरिएको हो ।

Reconstruction of Minister's residence damaged in arson [Photos]
Reconstruction of Minister's residence damaged in arson [Photos]
Reconstruction of Minister's residence damaged in arson [Photos]

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

तस्बिर हेमन्त श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully