वसन्त याममा फुल्ने ज्याकारान्डाले काठमाडौं उपत्यकाका सडक, फुटपाथ र पार्कहरू बैजनीमय बनाएका छन् ।
काठमाडौँ — काठमाडौं उपत्यकाका विभिन्न स्थानका सडक किनार यतिबेला बैजनी रङका फूलले ढपक्क ढाकिएका छन् । बैजनी रङको फूल ज्याकारान्डा हो । वसन्त याममा फुल्ने ज्याकारान्डाले काठमाडौं उपत्यकाका सडक, फुटपाथ, पार्क र नदी किनारहरू बैजनीमय बनाएका छन् ।
चक्रपथ अन्तर्गत एयरपोर्ट क्षेत्रको सडक किनार, उपत्यकाको टुँडिखेल, रत्नपार्क, दरबारमार्ग, एयरपोर्ट क्षेत्रसहित ललितपुरको महालक्ष्मीस्थान लगायत विभिन्न स्थानमा यो फुलेको छ ।
वसन्त ऋतुमा फुल्ने यस फूलले सडक किनारको शोभा बढाएको छ । सडकछेउमा ज्याकारान्डाले चर्किँदो घामका बीच पैदलयात्रीलाई शीतलता प्रदान गरिरहेको छ ।
अचेल दिनहुँजसो फूल र सडकलाई पृष्ठभूमिमा राखेर तस्बिर र भिडियो खिच्ने युवायुवतीको उपस्थिति झनै हेर्न लायक छ । स्थानीय नेवार समुदायमा ‘चखुँचा स्वाँ’अर्थात् भँगेरी फूल भनेर पनि यो फूललाई चिन्छन् । वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठका अनुसार काठमाडौंका सडकछेउमा यस्ता फूल फुल्न थालेको आधा दशकजति मात्रै भएको छ । साथै नेपालका लागि ज्याकारान्डा एक आयातित वनस्पति भएको विज्ञहरूको भनाइ छ । ज्याकान्डा चैतदेखि फुल्न थाल्छ र वैशाख-जेठमा त पूरै रुखभर बैजनीमय फूल फुल्छ ।
!['Purple Spring' on the roadsides of the Valley [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/jakarandamahalaxmisthan05042026img8103jpg-copy-0652026035154-1000x0.jpg&w=1001&h=0)
!['Purple Spring' on the roadsides of the Valley [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/jacarandaseasonratnapark02-0652026035123-1000x0.jpg&w=1001&h=0)
!['Purple Spring' on the roadsides of the Valley [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/jacarandaseasonratnapark01-0652026035116-1000x0.jpg&w=1001&h=0)
!['Purple Spring' on the roadsides of the Valley [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/jacarandaseasonkamalpokhari01-0652026035103-1000x0.jpg&w=1001&h=0)