अलैंचीबाट जिल्लामा करिब ५ करोड रुपैयाँ भित्रिएको छ । यो वर्ष उत्पादित अलैंची निकासी हुँदा ४ करोड ६९ लाख ३७ हजार रुपैयाँको कारोबार भएको हो । यो वर्ष जिल्लामा ७ सय ८७ दशमलव ३६ टन अलैंची उत्पादन भएको थियो ।
जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घोर्लेमा सुन्तला महोत्सव आयोजना गरिएको छ । ‘कृषि र उत्पादन विकासको आधार’ सुन्तला उत्पादन गरिबी निवारण पूर्वाधार’ भन्ने नारासहित शनिबार र आइतबार महोत्सव भएको हो ।
प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षधरले दिक्तेलमा मंगलबार विरोध प्रदर्शन गरेको छ । ओलीको असंवैधानिक कदमविरुद्ध स्थानीय हेलिप्याडबाट सुरु भएको जुलुस किरात चोक-हाटडाँडा पुगेर त्रिवेणीचोक–भवन गैरा पुगेर कोणसभामा परिणत भएको थियो ।
बराहापोखरी र जन्तेढुंगा गाउँपालिकामा किरात राई पुमा भाषामा पठन–पाठन सुरु गरिने भएको छ । यी गाउँपालिकाका १४ विद्यालयमा किरात राई पुमा भाषामा पठनपाठन गरिने भएको हो ।
प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका जिल्ला नेता पक्राउ परेका छन् । चन्द समूहका खोटाङ पूर्वआर्थिक विभाग प्रमुख सुदीप शर्मा शुक्रबार बिहान पक्राउ परेका हुन् ।
घरघरै माछा पोखरी । पोखरीमा लस्करै खेलिरहेका माछा । ग्रासकार्प, कमनकार्पलगायत माछाले सबैको मन लोभ्याउँछन् । यो साकेला गाउँपालिका–२ रतन्छाका स्थानीय युवाहरूको जाँगर हो ।