साकेला गाउँपालिका–४ मात्तिमका ४८ वर्षीय इमानसिंह राई, ३५ वर्षीय दाजु ओइमानसिंह राई र ३० वर्षीय भाइ टीकाबहादुर राईबीचको झगडामा घाइते भएका दाजु ओइमानसिंहको मृत्यु भएको हो ।
खोटाङ — तीन दाजुभाइको झगडामा एक जनाको मृत्यु भएको छ । साकेला गाउँपालिका–४ मात्तिमका ४८ वर्षीय इमानसिंह राई, ३५ वर्षीय दाजु ओइमानसिंह राई र ३० वर्षीय भाइ टीकाबहादुर राईबीचको झगडामा घाइते भएका दाजु ओइमानसिंहको मृत्यु भएको हो ।
असार २९ गते राति ८ बजेतिर भएको झगडामा ओइमानसिंहको टाउको र पेटमा धारिलो हतियारले गम्भीर चोट लागेको र उपचारको क्रममा जिल्ला अस्पताल दिक्तेलमा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले बताए ।
उक्त झगडामा संलग्न इमानसिंह र टीकाबहादुर राईलाई पक्राउ गरी अनुसन्धान बढाइएको बस्नेतले जनाएका छन् ।
