सवारी ज्यान मुद्दामा जेल जीवन बिताइरहेका साकेला गाउँपालिका–२ रतन्छाका २४ वर्षीय निसान राईको मंगलबार राती मृत्यु भएको हो ।
खोटाङ — कारागार कार्यालय खोटाङका एक कैदीको मृत्यु भएको छ । सवारी ज्यान मुद्दामा जेल जीवन बिताइरहेका साकेला गाउँपालिका–४ मात्तिमका २४ वर्षीय निसान राईको मंगलबार राती मृत्यु भएको हो ।
बुधबार बिहानको राती करिब १२:५५ बजेतिर बेहोस अवस्थामा फेला परेका उनको जिल्ला अस्पताल पुर्याउनासाथ राती १ बजेर ५७ मिनेटमा मृत घोषित भएको कारागारका सूचना अधिकारी कपिन्द्र कठायतले बताएका छन् ।
‘मलाई पनि राती फुटबल हेर्न बोलाउनु है भनेर सुतेका रहेछन्, फुटबल सुरु भएपछि बोलाउँदा बेहोस् अवस्थामा भेटिएपछि अस्पताल पुर्याउँदा मृत्यु भइसकेको रहेछ,’ कठायतले भने ।
२०७७ फागुन १६ गते जिल्ला अदालत खोटाङ र २०७८ चैत ७ गतेको उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुङ्गाको फैसलाले राई २०८१ साउन २४ गते कारागार चलान भएका थिए । उनले दुई वर्ष जेल र २० हजार जरिवानाको फैसला सुनाएको थियो ।
