बिहीबार मध्यरातमा एक महिलासँग एउटै कोठामा फेला पारेपछि स्थानीयको दबाबमा शुक्रबार बिहान २:४५ बजे उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
खोटाङ — जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राईविरुद्ध जबरजस्ती करणीमा जाहेरी परेको छ ।
बिहीबार मध्यरातमा एक महिलासँग एउटै कोठामा फेला पारेपछि स्थानीयको दबाबमा शुक्रबार बिहान २:४५ बजे उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार राईविरुद्ध जबरजस्ती करणीमा शुक्रबार जाहेरी परेको हो ।
जाहेरीपछि अनुसन्धान प्रक्रिया सुरु भएको बुढाथोकीले सुनाए । ‘रमेश राईलाई स्थानीयले बिहान २:४५ बजे नै बुझाएका थिए,’ बुढाथोकीले भने, ‘जाहेरी आएपछि अनुसन्धान प्रक्रिया अघि बढेको छ ।’
