दुई टुक्रामा विभाजित नेकपाका नेताहरूको भाषा सुन्दा लाग्छ, उनीहरूले राजनीतिक संस्कार सिकेका रहेनछन् । एकअर्कालाई खुइल्याउन उनीहरूले पूरै तागत लगाइरहेका छन् । यसप्रति उनीहरूमा अलिकति पनि लज्जाबोध छैन ।
नेकपाका पछिल्ला घटनाक्रमले देखाउँछन्– एउटा पक्ष अर्कोलाई निषेध गर्ने अवस्थामा पुगेको छ । निरन्तर बैठक भइरहँदा सहकार्य र सहमतिको सम्भावना क्षीण हुँदै गएको देखिन्छ ।
नेकपाको घरमा उपियाँको राज थियो । तिनलाई मार्ने बहानामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आगो सल्काए । त्यो आगो उनीहरू बसेकै घरमा बढ्दै छ । यो चिसोमा उनीहरू त्यही आगो ताप्दै छन् । अनि एकले अर्कोलाई आगो लगाएको आरोप लगाइरहेका छन् ।
अमेरिकी राजनीतिज्ञ विलियम क्लेले भनेका थिए– ‘राजनीतिमा कोही स्थायी मित्र र शत्रु हुँदैन, स्वार्थ मात्र स्थायी हुन्छ ।’ नेकपाका अध्यक्षद्वयबीच पनि यस्तै सम्बन्ध छ, न मित्रको न शत्रुको ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई आइतबार सहजै भनिदिए, ‘सँगै बस्न सकिन्न भने अलगअलग जाऔं । तपाईंले कुनै कदम चाल्नुभयो भने त्योभन्दा ठूलो कदम म चाल्छु ।’
नेकपा सरकारलाई कमजोर प्रतिपक्षी कांग्रेस पाएर ‘हाइसन्चो’ भएको छ । सरकार उन्मुक्त घोडाजस्तो कुदिरहेको छ, प्रतिपक्ष सुतरमुर्गजस्तो सुतिरहेको छ । सत्तापक्ष बेलगाम घोडाजस्तो कुदिरहँदा र प्रतिपक्ष सुतिरहँदा नै दुवै पक्षले हारेका छन् ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल एकले अर्कालाई निषेध गर्ने रणनीतिबाट पछि हटेका छन् । अब उनीहरु सम्झौताको बाटोमा अघि बढेका छन् । त्यो सम्झौता ठोस रुप दिन कार्यदल बनेको छ ।
देशमा अहिले पनि अर्ध–लकडाउन छ । सत्ता सञ्चालन गरिरहेको नेकपाभित्र भने ‘अप–डाउन’ छ । खास गरी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच भएको सत्तासंघर्षले पार्टीलाई अप–डाउनको अवस्थामा पुर्याएको हो ।
माफ गर्नुहोला । मैले लेखेर खासै केही फरक पर्ने छैन । स्वदेश फर्कदाफर्कदैँ भाइरसको ‘हट–बेड’जस्ता क्वारेन्टाइनमा काखका नानी गुमाएका बाआमाहरु माफ गर्नुहोला । मैले तपाईका नाममा दुई शब्द खर्च गरेर राज्यले सुन्ने छैन । यो केवल पीडा पोख्ने एउटा माध्याममात्र हुनेछ ।