स्थानीय तह निर्वाचन २०७९

उदयपुरको त्रियुगामा कांग्रेसको अग्रता कायमै

स्थानीय तह निर्वाचनअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ । शनिबार अपराह्न ४ बजेको परिणामअनुसार नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार बसन्तकुमार बस्नेतले १ हजार ९५० मन्तान्तरले अग्रता लिइरहेका छन् । बस्नेतले ९ हजार ६ सय ४५ मत प्राप्त गरेका छन् ।

जेष्ठ १३, २०७९

त्रियुगा-१२ मा पुन: मतदान गर्न एकीकृत समाजवादीको माग

नेकपा (एकीकृत समाजवादी)को उदयपुर त्रियुगा नगरपालिका मेयर उम्मेदवार बलदेव चौधरीले वडा नम्बर १२ मा पुन: मतदान गर्न माग गरेका छन् । उनले पुन: मतदान नगरी मतगणना गरिएको प्रति आपत्ति जनाएका हुन् ।

उदयपुरको त्रियुगामा कांग्रेसको अग्रता कायमै 

उदयपुरको त्रियुगा नगरपालिकामा ३ दिनयता मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार वसन्त बस्नेतले ८ सय ३५ मतले अग्रता लिइरहेका छन् ।

उपेन्द्रको पुत्रमोहले पराजय

राजनीतिक नियुक्तिको जागिर खाँदाखाँदै तीन वर्ष पहिले जनता समाजवादी पार्टीको विराटनगर कमिटी अध्यक्ष बनेका थिए, अमरेन्द्र यादव । यो स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनको साथ पाए र विराटनगर महानगरपालिकाको उम्मेदवार बने । तर, उनले ठूलो मतान्तरले हार बेहोर्नुपरेको छ । उनको हारलाई धेरैले बाबु एवं जसपा अध्यक्ष उपेन्द्र यादवको खुम्चिँदो राजनीतिका रूपमा अर्थ्याएका छन् ।

मधेसकेन्द्रित दल मधेसमै कमजोर

मधेसकेन्द्रित राजनीतिक दलहरू स्थानीय तह निर्वाचनमा मधेस प्रदेशमै कमजोर देखिएका छन् । मधेस प्रदेशका १ सय ३६ मध्ये जनता समाजवादी पार्टी (जसपा) ले २५ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १४ पालिकामा मात्र नेतृत्व जितेका छन् । सबैभन्दा बढी पालिका कांग्रेसले ४६ वटा र त्यसपछि एमालेले ३० वटा जितेका छन् ।

तिलोत्तमाको मेयरमा कांग्रेसका खाँण र उपमेयरमा एमालेकी चौधरी निर्वाचित

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन् । नेकपा एमालेका मोहन चापागाईंलाई ७६५ मतान्तरले पराजित गर्दै खाँण तिलोत्तमा नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।

जेष्ठ १२, २०७९

वालेन्द्र बने काठमाडौं महानगरको मेयर

र्‍यापर वालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । स्वतन्त्रबाट उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै मेयरमा निर्वाचित भएका हुन् ।

काभ्रेमा कांग्रेस, एमाले र माओवादीका उम्मेदवारको पनि जमानत जफत

स्थानीय तह निर्वाचन २०७९ मा काभ्रेमा प्रमुख दल कांग्रेस, एमाले, माओवादी केन्द्रका कतिपय उम्मेदवारको जमानत जफत भएको छ ।

बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान हुने, सीडीओ र प्रहरी प्रमुख हटाउन निर्देशन

बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले बिहीबार पुनः निर्वाचन गर्ने निर्णय गरेको हो ।चुनाव निष्पक्ष नभएको ठहर गर्दै आयोगले वैशाख ३० को निर्वाचन कार्यक्रम रद्द गरी पुन: निर्वाचन गर्ने निर्णय गरेको हो ।

उदयपुरको त्रियुगामा कांग्रेसको अग्रता

उदयपुरको त्रियुगा नगरपालिकामा दुई दिनयता मतगणना जारी छ । मतगणाको पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार वसन्त बस्नेतले अग्रता लिइरहेका छन् । 

पाल्पाको माथागढी र बगनासकालीमा कार्यपालिका निर्विरोध

जिल्लाको माथागढी र बगनासकाली गाउँपालिकामा नेकपा एमालेका ६/६ जना कार्यपालिका सदस्य निर्वाचित भएका छ्न् । एमालेको बहुमत सदस्य रहेकाले बगनासकालीमा गठबन्धनका तर्फबाट उम्मेदवारी नै परेन । माथागढी गाउँपालिकामा कार्यपालिका सदस्यमा निर्वाचनबाट चुनिएका छन् ।

त्रियुगा नगरपालिकामा समाजवादीको सूरुआती अग्रता

उदयपुरको त्रियुगा नगरपालिकामा पछील्लो दुई दिनदेखि मतगणना जारी छ । मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा (एकीकृत समाजवादी)बाट मेयरका उम्मेदाव बलदेव चौधरीले ६७ मतान्तरले अग्रता लिइरहेका छन् ।

सुदूरपश्चिमका ७२४ वडाको नतिजा आउँदा ५ जनामात्रै महिला वडाध्यक्ष

७ सय ३४ वडा रहेको सुदूरपश्चिममा ७ सय २४ वडाको नतिजा आइसकेको छ । बुढीगंगा नगरपालिकाको मतगणना भने अझै अनिश्चित छ । ७ सय २४ मध्ये पाँच जना महिला मात्रै वडाध्यक्ष पदमा निर्वाचित भएका छन् ।