शैल्यशिखर नगरपालिका-९ गाजरीमा भर्याङबाट लडर वृद्वाको मृत्यु भएको छ । शुक्रबार बिहान आफ्नै घरको भर्याङबाट खसेर स्थानीय ७० वर्षीया कलावती महरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोकुलेश्वरबाट ६ किलो चरेससहित दुई जनालाई प्रहरिले पक्राउ गरेको छ । सोमबार बिहान शैल्यशिखर नगरपालिका-३ कर्कलेबाट ६ केजी १ सय ग्राम लागूऔषध चरेससहित दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
महाकाली नदीले बगाएर साेमबार दिउँसाे एक किशोर बेपत्ता भएका छन् । महाकाली नगरपालिका–१ धम्पनेराका १५ वर्षीय किशोर सुदिप धामी दिउँसो महाकाली नदीमा बगेर बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ ।
दार्चुलाको ब्यास गाउँपालिका-२ स्थित दुम्लिङ नजिकै तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् । तल्ला दुम्लिङका स्थानीय सिङ्दल सिंह भण्डारी नेपालबाट भारत जाने क्रममा तुइनबाट खसेर बेपत्ता भएकाे ब्यास गाउँपालिका-२ का वडाध्यक्ष धिरनसिंह बुढाथाेकीले बताए ।
प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट विजयी भएका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका बडूले नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्नालाई २ हजार १३४ मतले पराजित गर्दै विजयी भएका हुन् ।
दार्चुलाको ब्यास गाउँपालिका-२ राप्लाकाे दुम्लिङ, माल, राप्ला र वडा नम्बर ३ सिना मतदान केन्द्रका मतपेटिकाहरु २७ घण्टापछि दार्चुला सदरमुकाम खलंगामा पुर्याइएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका- ६ उल्लानीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको छ । ट्याक्टरमा सवार एक जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।