दार्चुला — ब्यास गाउँपालिका राप्ला दुम्लङ्गिस्थति बीचगाउँका सुकुन्द्रसिंह बुढाथोकीको दुई कोठे घरमा आगलागी भएको छ । आगलागीबाट घर र घरभीत्र रहेको अन्नपात लगायत अन्य सामग्री नष्ट भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो तीन बजेतरि घरभीत्र आगो बाल्दा त्यसको लप्का घरको छतसम्म पुगेपछि आगलागी सुरु भएको हो । वडाध्यक्ष धिरनसिहं बुढाथोकीले खाद्यान्न र घरभत्रिका केही सामग्री जलेको बताए ।
प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको छ । समयमै आगलागी नियन्त्रण गरिएका कारण वस्तीमा अन्य घरहरूमा कुनै क्षति नपुगेको वडाध्यक्ष बुढाथोकीले बताए ।
