दार्चुलामा जिप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइते

महाकाली नगरपालिकाको साकारबाट निसिलतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको हो ।

आश्विन १९, २०८२

मनाेज बडु

One killed, 10 injured in jeep accident in Darchula

दार्चुला — महाकाली नगरपालिकाको साकारबाट निसिलतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

महाकाली नगरपालिका-९ साकारबाट निसिल जाँदै गरेको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जिप वडा नम्बर–६ को बजगाडी भन्ने ठाउँमा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घटनास्थलमा दार्चुला प्रहरीका डिएसपी गौरव महतकाे टोली खटिएको र घटनाकाबारे पूर्ण जानकारी केही बेरमा आउने जनाए ।

घाइतेको उद्धार कार्य चलेको प्रहरीले जनाएको छ ।

मनाेज बडु

Link copied successfully