आगलागीबाट घर नष्ट

बिहीबार बिहान स्थानीय अम्बादत्त जोशी (गणेश)को दुई तले घरमा आगलागी हुँदा जलेर पूर्ण रुपमा नष्ट भएको हो।

पुस १७, २०८२

मनाेज बडु

House destroyed by fire

दार्चुला — दार्चुलाकाे लेकम गाउँपालिका-५ मैखोली इरखोलीको एक घरमा आगलागी भएको छ।

बिहीबार बिहान स्थानीय अम्बादत्त जोशी (गणेश)को दुई तले घरमा आगलागी हुँदा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । 

आगलागीबाट गोठमा रहेको दुहुँनो भैंसी समेत जलेर मरेकाे लेकम-५ वडासदस्य शंकरदत्त जोशीले बताए। उनले गोठभित्र रहेको गाई पनि जलेर घाइते भएको छ। घरभित्रको काठ, अन्नपात सबै जलेकाे छ।

वडासदस्य जाेशीका अनुसार भैंसीलाई खाेले पकाउन बालेको आगो बाहिर सल्किएर घरमा आगलागी भएको हाे।

प्रहरी चौकी रातमाटाबाट गएकाे टाेलीले आगलागीबाट १ लाख ५० हजार बढीको क्षति भएको अनुमान गरेकाे छ।  

मनाेज

Link copied successfully