क्रिकेट विश्वकप - २०१९
असार ३०, २०७६

म्यान अफ द फाइनल

पहिलोपल्ट विश्वकपको उपाधि जितेर इतिहास कोरेको इंग्ल्यान्डका समर्थकले फाइनलमा आफ्नो टोलीका अलराउन्डर बेन स्टोक्सको इनिङ्स सायदै बिर्सने छन् । 

इंग्ल्यान्डले तोड्यो जिंक्स

इंग्ल्यान्डले फाइनल र रन चेजको जिंक्स तोडेको छ । आइतबार न्युजिल्यान्डलाई पराजित गर्नु अघिका सबै फाइनलमा इंग्ल्यान्ड पराजित भएको थियो । त्यसमा टोली विजयी लक्ष्य पछ्याउनेक्रममा चुकेको थियो । यसपल्ट विजयी लक्ष्य स्पष्ट पार नगरे पनि इंग्ल्यान्ड विजयी भएको हो । 

असार २८, २०७६

इंग्ल्यान्ड दबाबमा नआउने

कप्तान इयान मोर्गनले इंग्ल्यान्ड विश्वकपको फाइनल पुगेयता आफ्नो टोली त्यसको दबाबमा नआउने दाबी गरेका छन्  । इंग्ल्यान्डले प्रतियोगिताको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियालाई एजबास्टनमा ८ विकेटले हराएर फाइनल पुगेको हो  ।

फाइनलमा अम्पायर धर्मसेना

श्रीलंकाका अम्पायर कुमार धर्मसेनाले इंग्ल्यान्ड र न्युजिल्यान्डबीच आइतबार लर्डसमा हुने विश्वकप क्रिकेटको फाइनल खेलाउने भएका छन्  । सेमिफाइनलमा इंग्ल्यान्डका ब्याट्सम्यान जेसन रोयलाई विवादास्पद आउट दिएर विवादमा तानिए पनि धर्मसेनालाई फाइनल खेलाउने अवसर पाएका हुन्  ।

बेलिसले इंग्ल्यान्ड छाड्दै

इंग्ल्यान्डका मुख्य प्रशिक्षक ट्रेभर बेलिसले विश्वकप र एसेज शृंखलापछि टिम छाड्ने बताएका छन्  । सेप्टेम्बरको अन्त्ययता ५६ वर्षीय अस्ट्रेलियालीको अनुबन्ध सकिँदै छ  ।

ADVERTISEMENT

हारमा अस्ट्रेलियालाई गर्व

अस्ट्रेलिया विश्वकप सेमिफाइनलमा इंग्ल्यान्डको हातबाट नराम्रोसँग पराजित हुँदै बाहिरिए पनि पछिल्लो १२ महिनामा टिमको प्रगतिलाई लिएर गर्व महसुस भएको कप्तान आरोन फिन्चले बताएका छन्  । एजबास्टनमा अस्ट्रेलिया एकपक्षीय रूपमा ८ विकेटले पराजित भएको थियो  ।

असार २७, २०७६

स्टार्कको कीर्तिमानी विकेट

मिचेल स्टार्क एकै विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । अस्ट्रेलिया बिहीबार इंग्ल्यान्डसँग पराजित भएर सेमिफाइनलबाटै बाहिरिएको खेलमा १ विकेट लिँदै उनले जारी प्रतियोगितामा आफ्नो विकेटसंख्या २७ पुर्‍याएका हुन् । उनले सन् २००७ को विश्वकपमा अस्ट्रेलियाकै ग्लेन म्याकग्राले २६ विकेट लिएको कीर्तिमान उछिनेका हुन् । 

प्लेयर्स टु वाच : न्युजिल्यान्डका रस टेलर

रस टेलरले भारतसँग सेमिफाइनलमा बनाएको ७४ रनको इनिङ्सलाई सायदै भुल्ने छन् । उनको यही प्रयासले न्युजिल्यान्ड लगातार दोस्रोपल्ट फाइनलमा पुग्न उल्लेखनीय भूमिका खेलेको थियो ।

प्लेयर्स टु वाच : न्युजिल्यान्डका म्याट हेनरी

हेनरीले भारतसँगको सेमिफाइनलमा म्यान अफ द प्रदर्शन गरेका थिए । उनले ३ विकेट लिँदै निकै बलियो मानिएको भारतीय ब्याटिङलाई तितरबितर बनाएका थिए ।

ADVERTISEMENT

दुःखी नहुन कोहलीको अनुरोध

भारतीय कप्तान विराट कोहलीले विश्वकप सेमिफाइनलबाट बाहिरिएपछि आफ्ना समर्थकलाई भावनात्मक हुँदै दुःखी नहुन अनुरोध गरेका छन् । भारतमा क्रिकेट सबैभन्दा लोकप्रिय खेल हो । कोहलीको टिम न्युजिल्यान्डसँग १८ रनले पराजित भएको थियो ।

किवीको म्यानचेस्टर चमत्कार

न्युजिल्यान्ड कप्तान केन विलियम्सनले आइतबार लर्ड्समा हुने विश्वकप फाइनलको प्रतिद्वन्द्वीविरुद्ध लिग चरणमा बेहोरेको हारको खार्स अर्थ नहुने दाबी गरेका छन् । न्युजिल्यान्ड नेट रनरेटको आधारमा अन्तिम चारमा गरेको टोली हो ।

इंग्ल्यान्ड २७ वर्षपछि फाइनलमा

विश्वकप क्रिकेटले नयाँ विजेता पाउने भएको छ । आयोजक इंग्ल्यान्डले बिहीबार दोस्रो सेमिफाइनलमा पाँचपल्टको विजेता अस्ट्रेलियालाई सजिलै ८ विकेटले सजिलै पराजित गरेपछि यस्तो समीकरण बनेको हो ।