२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४९
वीरगञ्जको वाणी

आन्तरिक अर्थतन्त्र र उत्पादनमा जोड दिन आवश्यक

चैत्र ३०, २०८०

दुई वर्षअघि तरलताको अभावमा थियौं । राष्ट्र बैंकले बारम्बार बैंकलाई पैसा दिइराख्नु परेको थियो । अहिले त्यसको ठिक उल्टो ब्याज तिरेर बैंकबाट राष्ट्र बैंक आफैंले लिइराख्नु परेको अवस्था छ । बैंकिङ...

'राज्यले एउटा प्रदेशमा एउटा औद्योगिक क्षेत्र घोषणा गर्नै पर्छ'

नेपालको औद्योगिक क्षेत्रको सान्दर्भिकता र महत्त्वलाई राष्ट्रिय बहसका रूपमा उठाउनु जरुरी छ । योबिना नेपालको अर्थतन्त्रले विकासको गति प्राप्त गर्न सकिंदैन । वीरगन्जले औद्योगिक हबका रूपमा आफ्नो विरासत कायम गरेको थियो । औद्योगिक क्षेत्रका रूपमा पहिचान बनाएको थियो । जसरी औद्योगिक पूर्वाधारको विकास गर्नुपर्ने हो, औद्योगिक क्षेत्रले प्राप्त गर्ने राज्यको सहुलियत हो, अपेक्षाकृत हुन सकेन । 

‘समस्या नीतिको उपलब्धतामा नभई कार्यान्वयनमा हो’

म पोषण पुनस्थापन गृहमा काम गर्छु । यस क्षेत्रमा काम गर्दा विभिन्न मन्त्रालयसँग समन्वय गर्नुपर्ने हुन्छ । यही क्रममा हामीले वीरगञ्जका शहरी क्षेत्रका गृहणी महिलाहरूमा कृषि र पोषणलगायत सम्बन्धमा कत्तिको ज्ञान छ भन्ने हेरेका थियौं । धेरै महिनाहरूमा आफूले मान्सामा प्रयोग गर्ने खाद्यान्नको गुणस्तरबारे खासै जानकारी नभएको भेट्यौं ।

‘उद्योगी धराशायी भएकै उधारोसम्बन्धी कानुन नभएर हो’

राज्यको ४० प्रतिशत आम्दानी उठाउने नाकाका रूपमा वीरगन्ज चिनिएको छ, यो आँकडा आयातका कारण देखिएको हो । तर वीरगन्जलाई कस्तो अवसर छ भने अब आयातमा होइन यहीँ वीरगन्जमै उत्पादन गर्न सक्ने सम्भावना छ । हामीले आयात होइन वीरगन्जमै उत्पादन गरेर निर्यातमार्फत आम्दानी बढाउने वातावरण बनाउनुपर्छ र त्यसमा गर्व गर्ने अवस्था निर्माण गर्नुपर्छ ।

‘वीरगन्जलाई मेडिकल हब बनाउन नीतिगत बन्देज छ’ 

२०४२ सालमा नेपालमा काम गर्न आउँदा मेरो वीरगन्जमा मेरो पोस्टिङ भयो । त्यो बेला यहाँ डाक्टरको संटक देखेपछि मेडिकल कलेज स्थापना गर्ने सपना पलाएको थियो ।  त्यो बेला म एक्लैले डाक्टर, नर्स, सर्जनका रुपमा काम गर्नुपर्यो । मेडिकल कजेज भइदिए स्वास्थ जनशक्ति उत्पादन गर्न सकिन्थ्यो र त्यो नेपालका लागि पनि राम्रो काम हुन्छ भन्ने मलाई लाग्यो ।

‘वीरगन्जलाई पनि भरतपुर महानगरपालिकासरह व्यवहार गर्नुपर्यो’

वीरगन्जले विरासतमा पाएको पहिलो चिज यसको नाम नै हो । सय वर्षअघि नै यो नाम प्रचलनमा थियो । यहाँको मानव बस्ती, भोजपुरी भाषा र सुगौली सन्धिदेखि नै काठमाडौंसँग जोड्ने देशको मुख्य नाका पनि वीरगन्जका विरासत हुन् । यसका साथै, २००८ सालमा स्थापना भएको नेपालको पहिलो विश्वविद्यालय ‘नेपाल राष्ट्रिय विद्यापिठ’ यहाँको अर्को विरासत हो । 

‘वैभवयुक्त वीरगन्जको परिकल्पना साकार पार्न हातेमालो’

वैभवयुक्त वीरगन्जको परिकल्पना साकार पार्न सबै क्षेत्रको हातेमालो आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले शनिबार वीरगन्जमा आयोजना गरेको ‘वीरगन्जको वाणी’ विषयक कार्यक्रमको दोस्रो सत्र ‘वीरगन्जको विरासत’ का वक्ताले यस्तो धारणा राखेका हुन् । 

‘उद्योग र व्यापारलाई ठूला पूर्वाधारको खाँचो’

पूर्वाधार अभाव उद्योग र व्यापार फस्टाउनमा बाधक देखिएको सरोकारवालाले बताएका छन् । सरकारपिच्छे फेरिने नीतिले थप समस्या पारिदिएको उनीहरूको भनाइ छ । पछिल्लो समय नेपालको अर्थतन्त्र शिथिलता छाउनु र व्यापार–व्यवसाय न्यून क्षमतामा चल्नुको प्रमुख कारण नै स्थायी आर्थिक एवं औद्योगिक नीतिको अभाव भएको उनीहरूको बुझाइ छ ।

‘आर्थिक समृद्धिका लागि स्थिर नीति अत्यावश्यक’

मुलुकमा आर्थिक समृद्धि ल्याउन राज्यका नीतिहरूमा स्थिरता अत्यावश्यक रहेको सरोकारवालाहरूले औंल्याएका छन् । नीतिमा स्थिरता नहुँदा आर्थिक क्रियाकलाप चलायमान हुन नसकी अर्थतन्त्र मन्दीमा रहेको र त्यसले निजी क्षेत्रसँगै समाजको आत्मविश्वसमा पनि कमी आएको उनीहरूको भनाइ थियो ।

सरकारले निजी क्षेत्रलाई तर्साएर राजस्व संकलन गर्दैन : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले आय बढाउने नाममा सरकारले निजी क्षेत्रलाई त्रसित बनाएर राजस्व संकलन नगर्ने प्रतिवद्धता जनाएका छन् । 

इच्छाशक्ति भए अर्थतन्त्रमा लागेको तुवाँलो हटाउन सकिन्छ : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले  सबै सरोकारवालाहरुको इच्छाशक्ति भए अर्थतन्त्रमा लागेको तुवाँलो सजिलै हटाउन सकिने बताएका छन् ।

मुलुकको अर्थतन्त्र मौलिक खालको छ : गर्भनर

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र मौलिक किसिमको रहेको भन्दै यसलाई क्रमिक रुपमा नयाँ ढंगले अघि बढाउनुको विकल्प नरहेको बताएका छन् । मुलुकको अर्थतन्त्र रेमिट्यान्स, आयातलागयतको चक्रमा घुमिरहेको भन्दै गर्भनर अधिकारीले आन्तरिक उत्पादनमा जोड दिन आवश्यक रहेका बताएका छन् ।

'वैभव वीरगन्जको परिकल्पना साकार पार्न सबैको हातेमालो आवश्यक'

सरोकारवालाहरुले वैभव वीरगन्जको परिकल्पना साकार पार्न सबै क्षेत्रको हातेमालो आवश्यक रहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले शनिबार वीरगन्जमा आयोजना गरेको वीरगन्जको वाणी विमर्श श्रृङ्खला अन्तर्गत वीरगन्जको विरासत सत्रका सहभागीहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । 

१० करोडको व्यापार १ करोडमा झरेको छ : अग्रवाल 

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले व्यापार व्यवसाय कतिसम्म शिथिल अवस्थामा पुगेका छन् भन्नेबारे उदहारण दिँदै पहिले १० करोड रुपैयाँको कारोबार हुनेमा अहले १ करोडमा झरेको बताएका छन् । उनले कारोबारको १० प्रतिशत पनि व्यापार हुने स्थिति नरहेको भनाइ राखे । 

व्यवसायीको समस्या नै राष्ट्रको समस्या : सचिव घिमिरे

अर्थ मन्त्रालयका राजस्व सचिव रामप्रसाद घिमिरेले व्यवसायीको समस्या भनेकै राष्ट्रको समस्या रहेको बताएका छन् । शिथिल अर्थतन्त्रका कारण उद्योग–व्यवसायीमा आत्मविश्वास घटेको सन्दर्भमा उनले यस्तो बताएका हुन् ।

वीरगंजको वाणी : ‘नेपालमा नीतिको अभाव छैन’

नेपालमा नीति तथा कानुनको अभाव नरहेको वीरगंजस्थित प्रगतिशील महिला कृषक समूहकी कोषाध्यक्ष सरिता यादवले बताएकी छिन् । 

देश नबुझी बनाएको कानुनमा हामीलाई विश्वास छैन : उद्योगी केसी

सरकार र उद्योगीबीचको विश्वासमा खाडल देखिएकाले अर्थतन्त्र सुस्ताएको उद्योगी रवी केसीको भनाइ छ । पटक-पटक फेरबदल भइरहने सरकार र कर्मचारी नेतृत्वले देश र ‍औद्योगिक वातावरण नबुझी बनाउने नीति तथा कानुनप्रति उद्योगीहरू विश्वस्त हुन नसकेको उनले बताए । उनले बजेट बनाउँदा उद्योगीलाई सिंहदरबारको गेट बन्द हुन नहुने, उद्योगमैत्री कानुन बनेको छ/छैन भन्न पाउनुपर्ने माग राखे ।

सत्ता गठबन्धन र कर्मचारी परिवर्तनसँगै नीति फेरिँदा उद्योगमा समस्या : द्विवेदी

उद्योग स्थापनाका लागि समस्याका रूपमा सत्ता गठबन्धन परिवर्तन र कर्मचारी सरुवासँगै नीति परिवर्तन हुने भएकाले उद्योगी समस्यामा रहेको प्राध्यापक सुष्मा तिवारी द्विवेदीले बताएकी छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको शनिबार वीरगन्जमा आयोजना गरेको ‘वीरगन्जको वाणी’ कार्यक्रमको पहिलो सत्रमा प्राध्यापक द्विवेदीले उद्योग स्थापना गर्न र अर्थतन्त्र उकास्नका लागि सरकारी नीति स्थिर बन्नुपर्ने बताइन् । 

उद्योगको अवस्था बिग्रिएसँगै होटल व्यवसाय डामाडोल भयो : निलम सिंह

होटल एसोसियसन वीरगन्जका पूर्वउपाध्यक्ष नीलम सिंहले उद्योगको अवस्था खराब भएसँगै होटल व्यवसाय समेत डामाडोल भएको बताएकी छन् ।  शनिबार कान्तिपुर मिडिया ग्रुपले वीरगन्जमा आयोजना गरेको ‘वीरगन्जको वाणी’ कार्यक्रमको दोस्रो सत्र ‘विरगन्जको विरासत’मा सिंहले उद्योग व्यवसायकै कारण होटल व्यवसाय जीवित रहेको बताइन् ।