कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

वीरगंजको वाणी : ‘नेपालमा नीतिको अभाव छैन’

काठमाडौँ — नेपालमा नीति तथा कानुनको अभाव नरहेको वीरगंजस्थित प्रगतिशील महिला कृषक समूहकी कोषाध्यक्ष सरिता यादवले बताएकी छिन् । 

वीरगंजको वाणी : ‘नेपालमा नीतिको अभाव छैन’

शनिबार कान्तिपुर मिडिया ग्रुपले वीरगंजमा आयोजना गरेको ‘वीरगन्जको वाणी’ कार्यक्रमको तेस्रो सत्र ‘अर्थतन्त्र उकास्न स्थिर नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नेपालमा नीति भए पनि तीनको कार्यान्वयनमा समस्या रहेको बताएकी हुन् ।

‘स्थानीय तहमा रहेर काम गर्दा मुख्यगरी महिलाहरुमा खाद्यान्नको गुणस्तरलगायत नीति गाह्रा वा अस्पष्ट छ भन्ने पाइनँ,’ उनले भनिन्, ‘हामीले संस्था दर्ता पनि गर्‍यौं काम पनि भयो, त्यो क्रममा राम्रो समन्वय पनि पायौं ।’

प्रकाशित : चैत्र २४, २०८० १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?