कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

सिरहामा कोदालोले हानेर एक जनाको हत्या

विनय आजाद

सिरहा — सिरहामा कोदालोले हानेर एक जनाको हत्या भएको छ । अर्नमा गाउँपालिका-२, ब्रह्मपुरीका ५० वर्षीय बुधराम महतोको हत्या भएको हो । 

बुधराम बिहीबार एकाबिहानै खेतमा काम गर्न गएका थिए । खेतमा पुगेका उनको गर्धनमा कोदालो प्रहार गरी हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित : जेष्ठ ३, २०८१ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x