कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

‘नीति तथा कार्यक्रमले उत्साह जगाएको छ’

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले सरकारले उत्साहजनक वार्षिक नीति तथा कार्यक्रम ल्याएको बताएका छन् । बुधबार महासंघद्वारा आयोजित पूर्वबजेट छलफल कार्यक्रममा मन्त्री पुनले उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने गरी नीति कार्यक्रम आएको बताए ।

‘नीति तथा कार्यक्रमले उत्साह जगाएको छ’

बजेटमा समेट्न सकिने विषय मात्र नीति कार्यक्रमा समेटिएको पुनको दाबी छ । नीति कार्यक्रमसँग मेल खाने गरी बजेट र बजेटसँग मेल खाने गरी मौद्रिक नीति आउने प्रतिबद्धता उनले व्यक्त गरे । ‘नीति कार्यक्रमले सबैमा उत्साह जगाएको छ । निजी क्षेत्रलाई पनि उत्साहित बनाएको छ,’ उनले भने, ‘नीति कार्यक्रमअनुसारकै बजेट आउँछ । बजेटले नीति कार्यक्रम बोक्छ ।’

मन्त्री पुनले बजेट र मौद्रिक नीतिबीच कसरी तालमेल मिलाउने भन्ने विषयमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच निरन्तर छलफल भइरहेको पनि बताए । सरकार लगानी मैत्री र निजी क्षेत्र मैत्री वातावरण निर्माणका लागि प्रतिबद्ध रहेको चर्चा गर्दै उनले निरुत्साहित नहुन उद्योगी व्यवसायीलाई आग्रह गरे । ‘तपाईंहरू कोही पनि निरुत्साहित नहुनुस्,’ उनले भने, ‘बरू सरकारलाई सकारात्मक दबाब र प्रेरित गर्ने काम गर्नुस् ।’

प्रकाशित : जेष्ठ ३, २०८१ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×