कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

कोटेश्वर तेक्वान्दो डोजाङ च्याम्पियन

भाद्र २२, २०८१
कोटेश्वर तेक्वान्दो डोजाङ च्याम्पियन

काठमाडौँ — कोटेश्वर तेक्वान्दो डोजाङले ८ स्वर्णसहित १५ पदक जितेर शनिबार छैटौं नेकोस राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन ट्रफी उचालेको छ ।

टोलीले ३ रजत र ४ कांस्य पनि जितेको हो । नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको राष्ट्रिय तेक्वान्दो संघको आयोजनामा कोटेश्वर तेक्वान्दो डोजाङमा भएको प्रतियोगितामा सुन्दरीमाई तेक्वान्दो डोजाङ २ स्वर्ण, २ रजत र ५ कांस्यसाथ दोस्रो भयो । तेस्रो स्थानको ओममाने तेक्वान्दो डोजाङले १ स्वर्ण र ४ रजत जितेको थियो । प्रतियोगितामा २ सय ७५ खेलाडीले १६ स्पर्धामा प्रतिस्पर्धा गरेको तेक्वान्दोका निर्णायक अशोक खड्काले जनाएका छन् ।

विजेतालाई वाग्मती प्रदेशका पूर्व सभामुख सानुकुमार श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य एकेन्द्र कुँवर, तेक्वान्दोका वरिष्ठ प्रशिक्षक नवीनकुमार श्रेष्ठ, आयोजक राष्ट्रिय तेक्वान्दो संघकी अध्यक्ष शारदा धिमाललगायतले पुरस्कृत गरे ।

प्रकाशित : भाद्र २२, २०८१ २०:१२
×