कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

मोन्जासँग इन्टरको बराबरी

भाद्र ३१, २०८१
मोन्जासँग इन्टरको बराबरी

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन इन्टर मिलानले इटालीको 'सिरी ए' मा आइतबार राति मोन्जसँग १–१ को बराबरी खेलेको छ । खेल सकिन दुई मिनेट बाँकी छँदा इन्टरका लागि डेनजेल डुमफ्रेसले बराबरी गोल गरे र आफ्नो टिमलाई एक अंक दिलाए ।

त्यस अगाडि मोन्जाले ड्यानी मोटाको गोलले ८१ औं मिनेटमा अग्रता लिएको थियो । यो बराबरीपछि इन्टर मिलान अंक तालिकको दोस्रो स्थानमा रह्यो र उसको चार खेलबाट आठ अंक छ ।

नेपोली भने चारै खेलबाट नौ अंकसहित शीर्ष स्थानमा उक्लेको छ । नेपोलीले अर्को खेलमा कागिलिरीलाई ४–० ले हराएको थियो । यस्तै एसी मिलान पनि भेनेन्जियामाथि ४–० को जित निकाल्न सफल रह्यो ।

प्रकाशित : भाद्र ३१, २०८१ ०५:२१
x
×