कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

युरोपेली च्याम्पियन्स लिग : बायर्न ९ गोल गर्ने पहिलो टिम

आश्विन २, २०८१
युरोपेली च्याम्पियन्स लिग : बायर्न ९ गोल गर्ने पहिलो टिम

काठमाडौँ — बायर्न म्युनिक आधुनिक युरोपेली च्याम्पियन्स लिगको एकै खेलमा ९ गोल गर्ने पहिलो टिम बनेको छ । युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको नयाँ ढाँचा सुरु भएको छ र डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडसँगै लिभरपुल प्रभावशाली जित निकाल्न सफल टिम रहे ।

भिन्सेन्ट कोम्पनीको बायर्नले क्रोएसियाली च्याम्पियन डायनामो जागरेबलाई एलिनाज एरिनामा ९–२ ले हराएको हो ।

त्यसमा ह्यारी केन एक्लैले चार गोल गरे र यसमध्ये तीन गोल पेनाल्टीबाट थियो । यस्तै माइकल ओलिसेले दुई गोल गरे । बायर्न च्याम्पियन्स लिगको एउटै खेलमा आठ गोल गर्ने पछिल्लो टिम पनि थियो । उसले सन् २०२० मा बार्सिलोनालाई ८–२ ले पराजित गरेको थियो । यसपल्टको नयाँ ढाँचा अनुसार ३६ टिमले प्रतियोगिता खेलिरहेका छन् र प्रत्येक टिमले कम्तीमा आठ खेल खेल्नेछन् ।

डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले भीएफबी स्टुटगार्टलाई सान्टियागो बर्नाबाउमा भएको खेलमा ३–१ ले हरायो । रियलका लागि एम्बापेले पहिलो पटक च्याम्पियन्स लिगमा खेले र गोल पनि गरे । स्टुटगार्ट भने सन् २०२० यता पहिलो पटक च्याम्पियन्स लिगमा खेलिरहेको हो । लिभरपुलले भने पुनरागमन रच्दै एसी मिलानलाई सानसिरोमा ३–१ ले हरायो ।

यस्तै अन्य खेलमा स्पोर्टिङ सीपीले लिललाई २–०, युभेन्ट्सले पीएसजी आयनहोभनलाई ३–१ र एस्टन भिल्लाले योङ ब्वाइजलाई ३–० ले हरायो । भिल्लाले आधुनिक च्याम्पियन्स लिगमा खेलेको यो नै पहिलो पटक हो । उसले ४१ वर्ष अगाडि सन् १९८२ मा पुरानो युरोपेली कपमा खेलेको थियो ।

प्रकाशित : आश्विन २, २०८१ ०६:४५
x
×