कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९१

ओमानसँग नेपालको १ विकेटको स्तब्धपूर्ण हार

आश्विन ३, २०८१
ओमानसँग नेपालको १ विकेटको स्तब्धपूर्ण हार

काठमाडौँ — नेपालले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप लिग–टुको बिहीबार बिहान टुंगेको खेलमा ओमानको हातबाट एक विकेटको स्तब्धपूर्ण हार बेहोरेको छ ।

ओमान जितसम्म पुग्दा एक बलको खेल मात्र बाँकी थियो । जितका लागि २ सय २१ रनको लक्ष्य पाएको ओमानले ४९.५ ओभरमा नौ विकेट गुमाएर २ सय २३ रन बनाएको हो ।

यो हारले प्रतियोगितामा नेपालको खराव प्रदर्शनको क्रम कायम रह्यो र टिममाथि अत्याधिक दबाब पनि सिर्जना भएको छ । नेपालले अहिलेसम्म खेलेका छ खेलमा यो पाँचौं हार हो र टिम आठ टिममध्ये सातौं स्थानमा छ । ओमान नेपालको ठीक माथि छैटौं स्थानमा छ र उसको पाँच अंक छ ।

टस हारेर पहिले ब्याटिको मौका पाएको नेपालले नौ विकेटमा २ सय २० रन बनाएको थियो । कमजोर सुरुआत गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६० रन बनाए । यस्तै गुलसन झाले ५३ रनको योगदान दिए । जवाफमा ओमानको सुरुआत राम्रो रह्यो । गुल्सनले ४७ रनमा पाँच विकेट लिएपछि ओमानले जितसम्म पुग्न संघर्ष गरेको हो ।

ओमानलाई अन्तिम ओभरमा जितका लागि आठ रन चाहिएकोमा सकिल अहमदले दोस्रो बलमा चौका प्रहार गरे । यस्तै अन्तिम दुई बलमा दुई रन चाहिएको बेला कलिमउल्लाहले चौका प्रहार गर्दै ओमानलाई सनसनीपूर्ण जित दिलाए । हारका बावजुत गुल्सन ‘प्लेयर अफ द म्याच’ रहे ।

प्रकाशित : आश्विन ३, २०८१ ०५:३०
x
×