कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

झरना रनिङ शिल्ड : कपिलवस्तु ११ विजयी

आश्विन ३, २०८१
झरना रनिङ शिल्ड : कपिलवस्तु ११ विजयी

लुम्बिनी — ३६ औँ झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको दोस्रो खेलमा कपिलवस्तु ११ विजयी भएको छ । उसले नव युवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६–० गोल अन्तरले जितेको हो ।

उसका लागि अभिनाष थापा र सन्जु सेनले २/२ गोल गरे । त्यस्तै, निरज चौधरी र मनिष पुनले १/१ गोल गर्दै टिमलाई सहजै विजयी बनाए । प्रतिष्पर्धी टिम नव युवा खेलकुद तथा सांस्कृतिक परिवारका कुनैपनि खेलाडीले खेलमा गोल गर्न सकेनन् ।

१६ टिमको सहभागिता रहेको खेलमा रुपन्देही बाहेक कपिलबस्तु, पश्चिम नवलपरासी र स्याङ्जाका समेत टिमहरू सहभागी थिए । प्रतियोगिताको विजेताले ३ लाख ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै, उपविजेताले १ लाख ८१ हजार पुरस्कार पाउने क्लबका अध्यक्ष धनेन्द्र पौडेलले बताए । प्रतियोगिताको सेमीफाइनल खेल्ने दुवै टिमलाई २५ हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।

त्यस्तै, विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट स्ट्राइकर, बेष्ट गोलकिपर तथा बेष्ट कोचले क्रमशः १०/१० हजार पाउनेछन् भने खेल अवधिभरि हरेक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

२०२७ सालमा स्थानीय युवाले स्थापना गरेको उक्त क्लबले २०३९ यता प्रत्येक वर्ष रनिङ शिल्ड प्रतियोगिता गर्दै आएको छ । प्रतियोगिता अन्तर्गत शुक्रबार लिस्नु युवा क्लब र सुनौलो संगम क्लबबीच खेल हुनेछ ।

प्रकाशित : आश्विन ३, २०८१ १९:१७
×