बुटवल उपमहानगरपालिका–१७, रानीगन्जमा मंगलबार बिहानै सर्वसाधारण भेला भएका थिए । सबैको चासोको विषय सार्वजनिक जग्गा थियो । सरकारले यस क्षेत्रमा मोतीपुर औद्योगिक करिडोर निर्माणका लागि जग्गा छुट्याएको छ ।
लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पताल भरिएपछि नयाँ संक्रमितले भर्ना पाउन छाडेका छन् । गत वर्षको तुलनामा यसपालि कोरोना संक्रमित ह्वात्तै बढ्न थालेपछि उपचारमा कठिनाइ भइरहेको छ ।
बाँकेमा केही दिनयता कोरोना संक्रमण दर ह्वात्तै बढे पनि सतर्कता अपनाइएको छैन । बजार, पसल, होटल तथा खाजाघरलगायतमा भीड उस्तै छ । मास्क लगाउनेको संख्या न्यून छ ।
रुपन्देहीको भैरहवा (बेलहिया–सुनौली) नाका २४ घण्टाका लागि बन्द गरिएको छ । रुपन्देहीसँग सीमा जोडिएको भारतको उत्तर प्रदेश राज्यस्थित महाराजगञ्ज जिल्लामा गाउँ पञ्चायतको निर्वाचन भएकाले नाका बन्द गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए ।
सुर्खेत गुब्राकोट गाउँपालिका–१३ का ३१ वर्षीय युवा रोजगारी गर्न भारत गएका थिए । एक साताअघि स्वास्थ्यमा समस्या देखिएपछि घर आए । उनमा दीर्घरोग थिएन । गत मंगलबार ३१ गते एक्कासि सास फेर्न गाह्रो भयो । त्यसै दिन पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण देखिएपछि भेरी अस्पतालमा भेन्टिलेटरमा राखेर उनको उपचार थालियो । श्वासप्रश्वास समस्या बल्झिएपछि शुक्रबार बिहान उनको मृत्यु भएको छ । भेरी अस्पतालमा शुक्रबारसम्म गम्भीर प्रकृतिका कोरोना संक्रमित ६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अस्पताल भर्ना भएका ७४ जनामध्ये ४९ को अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । दोस्रो चरणमा कोरोना संक्रमित ह्वात्तै बढे पनि रोकथाम तयारी र सावधानी त्यही गतिमा भएको देखिँदैन ।
तीनतिर नारायणीले छेकेकाले सुस्तासँग अरू नेपाली बस्तीको सम्पर्क डुंगाबाट तरेपछि मात्रै सम्भव छ । भारतले सीमा मिचेका कारण पटकपटक विवादमा आइरहने यो बस्ती वर्षौंदेखि उपेक्षित थियो । स्थानीय सरकार गठन भएपछि भने यसको एक्लोपन र छटपटाहटमा केही कमी आएको देखिन्छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले कोभिड महामारीसँगै सरकारसँग पनि लड्नुपर्ने बेला आएको बताएकी छन् । प्रधानमन्त्री केपीले एकलौटी रुपमा सत्ता सञ्चालन गर्न खोजेका कारण मुलुक अस्थिरतामा फसेको भन्दै उनले असफल सरकार र त्यसको असफल नेतृत्वका विरुद्ध सबै मिलेर लड्नुपर्ने बताइन् ।
कांग्रेस नेता प्रकाशमान सिंहले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म देश शान्त नहुने बताएका छन् । संसदीय विधिबाटै ओलीलाई हटाउन प्रयास गर्नुपर्ने उनले बताए ।
कोरोना संक्रमण एकाएक बढ्दै गए पनि यसप्रति सतर्कता अपनाइएको पाइँदैन । दिनहुँजसो भीडभाड बढिरहेको छ । लुम्बिनी प्रदेशका विभिन्न जिल्ला प्रशासन कार्यालयले कोरोना जोखिम बढ्दै गएको भन्दै भीडभाड गर्न रोक लगाए पनि त्यसको पालना हुन सकेको छैन ।